NIMB Header 2
Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको दक्षता वृद्धिका लागि विशेष तालिम सम्पन्न

Citizen Life
  • BFIS News
  • 2025 Sep 02 18:49
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको दक्षता वृद्धिका लागि विशेष तालिम सम्पन्न
National Life

काठमाडौं, १७ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा नियामक निकायका नियम तथा मापदण्डको प्रभावकारी पालना सुनिश्चित गर्न विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) का साथै संस्थागत सुशासन सम्बन्धी तालिम प्रदान गरेको हो।

NIMB

कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा आयोजित उक्त तालिममा "वित्तीय सूचनाको गोपनीयता तथा सुरक्षासम्बन्धी विषयवस्तु" र "संस्थागत सुशासन" का विभिन्न आयामहरूमाथि प्रशिक्षण दिइएको थियो। तालिममा बीमा क्षेत्रसँग सम्बन्धित प्रचलित कानुनी प्रावधान, मनी लन्डरिङ तथा आतङ्कवादी वित्तीयकरणजस्ता जटिल विषयहरूमा गहन छलफल भएको थियो।

तालिम कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी तथा उप-निर्देशक पदम प्रसाद सोडारीले प्रशिक्षण प्रदान गरेका थिए। उनिहरूले बीमा क्षेत्रलाई समेत असर पुर्‍याउन सक्ने विश्वव्यापी चुनौतीहरूप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै, समयमै सुधार र तयारीको महत्त्वमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ तथा विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। साथै, नारायणी, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशअन्तर्गतका शाखा प्रमुखहरू समेत सहभागी थिए।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभर १४३ वटा शाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले कर्मचारीहरूको दक्षता वृद्धिसँगै सेवा गुणस्तर सुधार र सुशासन सुदृढीकरणमा निरन्तर ध्यान केन्द्रित गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया