Nepal Life

राष्ट्रिय जीवन बीमा कम्पनीले करारमा माग्यो कर्मचारी, सहायक तहदेखि सिएसम्म

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Oct 10 07:50
राष्ट्रिय जीवन बीमा कम्पनीले करारमा माग्यो कर्मचारी, सहायक तहदेखि सिएसम्म

काठमाडौँ। राष्ट्रिय जीवन बीमा कम्पनीले करार सेवामा पदपूर्ति गर्नका लागि सूचना सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न तीन पदमा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।

Nepal Life
NIMB

कम्पनीको अनुसार सहायक व्यवस्थापक (चार्टर्ड एकाउन्टेन्सी), सहायक व्यवस्थापक (एक्चुरी) र सहायक सूचना प्रविधि पदका लागि कर्मचारी आवश्यक रहेको छ। माग गरिएको पद, संख्या र योग्यता यस्तो छः

१. सहायक व्यवस्थापक (C.A.) – तह ६ – करार

सेवा/समूह: प्रशासन

योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकसहित चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको।

पद संख्या: ४

२. सहायक व्यवस्थापक (Actuary) – तह ६ – करार

सेवा/समूह: प्राविधिक / एक्चुरी

योग्यता: बीमाङ्की (Actuarial Science) मा स्नातक र Actuarial Mathematics (CMI) सहित तीन Actuarial Professional Exam उत्तीर्ण।

पद संख्या: १ जना

३. सहायक सूचना प्रविधि – तह ४ – करार

सेवा/समूह: प्राविधिक / सूचना प्रविधि

योग्यता: कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर विज्ञान वा सूचना प्रविधिमा स्नातक वा सो सरह उत्तीर्ण।

पद संख्या: २ जना

आवश्यक कागजात र आवेदन प्रक्रिया

आवेदन दिन इच्छुक उम्मेदवारहरूले नेपाली नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यता प्रमाणपत्र (प्रत्येकको १/१ प्रति स्वयं प्रमाणित), तीन प्रति पासपोर्ट साइजको फोटो, सम्पर्क विवरणसहितको विस्तृत Bio-Data सहित आवेदन दिनुपर्नेछ। दरखास्त दिंदा ६ तहका लागि एक हजार रुपैयाँ र चौथो तहका लागि ८ सय रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ।

परीक्षा दस्तुर कम्पनीको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. ००२००१००५०२४०२०००००३ (RASTRIYA JEEWAN BEEMA PREMIUM) मा बुझाई सोको भौचर वा भुक्तानीको प्रमाण आवेदनमा संलग्न गर्नु पर्नेछ।

करार अवधि प्रारम्भिक ६ महिना रहने र कार्यसम्पादनको आधारमा नवीकरण गरिने कम्पनीले जनाएको छ। न्तिम दरखास्त मितिसम्म ३५ वर्ष ननाघेको।

योग्य उम्मेदवारहरूको सूचीकृत सूचीबाट अन्तर्वार्ताको माध्यमबाट छनोट गरिनेछ। अन्तर्वार्तामा सहभागी हुँदा सक्कल कागजात अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ। सूचना गोरखापत्रमा पहिलोपटक प्रकाशित भएको मितिबाट ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया