NIMB Header 2
Nepal Life

एनएमबीका तीन म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 21 10:56
एनएमबीका तीन म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा बन्दमुखी म्युचुअल फन्डको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

Nepal Life
NIMB

एनएमबी क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि एनएमबी ५० (NMB50) का इकाइधनीलाई ३.१५ प्रतिशत, एनएमबी हाइब्रिड फन्ड एल–२ (NMBHF2) का इकाइधनीलाई ४.५ प्रतिशत र एनएमबी सरल लगानी कोष–२ (NSIF2) का इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। उक्त लाभांशमा करसमेत समावेश छ।

लाभांश वितरण प्रयोजनका लागि तीनवटै योजनाले भदौ ८ गते बुक क्लोज गर्ने भएका छन्। त्यसअनुसार भदौ ७ गतेसम्म कायम इकाइधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। त्यसैले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

एनएमबी ५०, एनएमबी हाइब्रिड फन्ड एल–२ र एनएमबी सरल लगानी कोष–२ सबै १० वर्षे अवधिका बन्दमुखी म्युचुअल फन्ड हुन्। यी तीनवटै योजना एनएमबी क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको छ।

असार मसान्तसम्मको विवरणअनुसार एनएमबी ५० को खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ४५ पैसा रहेको छ। त्यस्तै, एनएमबी हाइब्रिड फन्ड एल–२ को एनएभी १० रुपैयाँ ४८ पैसा र एनएमबी सरल लगानी कोष–२ को एनएभी ११ रुपैयाँ ६६ पैसा रहेको छ।

प्रस्तावित लाभांश पारित भएपछि सम्बन्धित योजनाका इकाइधनीले तोकिएको प्रक्रियामार्फत नगद लाभांश प्राप्त गर्नेछन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया