साङ्ग्रिला डेभलपमेन्ट बैंकको १३ प्रतिशत वितरणयोग्य मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश घोषणा
- BFIS News
- 2026 Aug 18 10:38
काठमाडौं । शाङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको भदौ १ गते बसेको ३९७औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांश भने कर प्रयोजनका लागि वितरण गरिने बैंकले जनाएको छ।
बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको आधारमा ४ प्रतिशत बोनस सेयरको मूल्य करिब १४ करोड ९३ लाख रुपैयाँ हुन्छ। त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशको रकम करिब २४ करोड ३६ लाख रुपैयाँ बराबर हुनेछ। यसअनुसार बैंकले कुल करिब ३९ करोड ३० लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। बैंकको सेयर कारोबारतर्फ पछिल्लो उपलब्ध कारोबार मूल्य (एलटीपी) ४१० रुपैयाँ ९० पैसा रहेको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया