NIMB Header 2
Nepal Life

नेपाल लाइफको सम्मान कार्यक्रममा भएको विवादबारे अभिकर्ता संगठनको छुट्टाछुट्टै धारणा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 20 15:03
नेपाल लाइफको सम्मान कार्यक्रममा भएको विवादबारे अभिकर्ता संगठनको छुट्टाछुट्टै धारणा
United Ajod

काठमाडौं, भदौ ४ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार आयोजना गरेको राष्ट्रिय सम्मान कार्यक्रममा भएको विवादबारे अभिकर्ता संगठनहरूले छुट्टाछुट्टै धारणा सार्वजनिक गरेका छन्।

 

Nepal Life
NIMB

पेसागत बीमा अभिकर्ता संघ नेपाल (बीमा समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी) र नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पेसागत बीमा अभिकर्ता संघले नेपाल लाइफका देशभरका उत्कृष्ट अभिकर्ताको राष्ट्रिय सम्मान कार्यक्रम होटल याक एन्ड यतीमा सञ्चालन भइरहेका बेला केही गैरअभिकर्ता व्यक्तिले अनावश्यक विवाद सिर्जना गरेको दाबी गरेको छ।

संघका अनुसार आफ्नो नाममा उठाइएको हरहिसाबमा हिनामिना गरी कागजात बरबुझारथ नगरेको र अर्को संगठन गैरकानुनी रूपमा दर्ता गरेको आरोप लगाउँदै कार्यक्रम प्रभावित पार्ने प्रयास भएको हो। संघले कार्यक्रममा सम्बन्ध नै नरहेको विषय उठाएर भ्रम फैलाउने र देशभरबाट सम्मानित हुन आएका अभिकर्ताको मानमर्दन गर्ने प्रयास भएको दाबी गरेको छ।

नेपाल लाइफको व्यवसायिक वृद्धिलाई प्रभावित पार्ने उद्देश्यले केही पत्रकारलाई समेत प्रयोग गरी गलत प्रचार गरिएको संघको आरोप छ। संघले राष्ट्रिय सम्मान कार्यक्रम निर्धारित समयमै भव्य र सभ्य रूपमा सञ्चालन भएको जनाउँदै यस्ता प्रचारको खण्डन गरेको छ।

संघले गलत प्रवृत्तिविरुद्ध कानुनी कारबाही अघि बढाउन कम्पनी तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

यता, नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले भने नेपाल लाइफमा कार्यरत अभिकर्तामाथि दुर्व्यवहार भएको दाबी गरेको छ। वर्षभर मेहनत गरी प्रथम बीमाशुल्क संकलनमा योगदान पुर्‍याएर कम्पनीको लक्ष्य पूरा गरेका अभिकर्तालाई सम्मानका लागि बोलाइए पनि उनीहरूमाथि दुर्व्यवहार गरिएको संघको आरोप छ।

संघले आफूहरू राज्यका ऐन तथा नियमअनुसार श्रम विभागमा विधिवत् दर्ता भएको ट्रेड युनियन भएको दाबी गर्दै आफ्ना संगठनका नेताहरूलाई अपमान गरिएको जनाएको छ। अभिकर्ताबीच विभेदपूर्ण व्यवहार गर्दै संगठनमा फुट ल्याउने प्रयास भइरहेको आरोपसमेत संघले लगाएको छ।

सम्मान कार्यक्रम भइरहेको होटलमा बाउन्सर, सुरक्षाकर्मी तथा प्रहरी प्रयोग गरी समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यलगायत केही अभिकर्तालाई गिरफ्तार गरिएको भन्दै संघले त्यसको विरोध गरेको छ। संघले यसलाई अभिकर्ताको संगठित हुने अधिकारमाथिको हस्तक्षेप भन्दै भत्र्सना गरेको छ।

संघले अन्यायविरुद्ध अभिकर्ता, बीमित तथा बीमा व्यवसायको हितमा आवाज उठाउन बीमाकर्मी, पत्रकार, बीमित र न्यायप्रेमी समुदायसँग अपिलसमेत गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया