नाइमा एक्स्पोमा प्रोटोनका इ.मास ५ र इ.मास ७ ले ताने ग्राहकको ध्यान
- BFIS News
- 2026 Aug 17 17:41
काठमाडौं, भदौ १ गते । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका विद्युतीय एसयुभीले ग्राहक तथा अवलोकनकर्ताको ध्यान आकर्षित गरेका छन्।
एक्स्पोको हल ‘बी’स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका नयाँ ‘इ.मास ५’ तथा गत वर्ष सार्वजनिक भएको ‘इ.मास ७’ प्रति अवलोकनकर्ताले विशेष चासो देखाएका थिए। प्रोटोनको स्टलमा सवारीसाधनका विशेषता, मूल्य, स्वामित्व तथा बुकिङ विकल्पबारे जानकारी लिन ग्राहकको उल्लेख्य उपस्थिति रहेको कम्पनीले जनाएको छ।
आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी निर्माण गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी ‘प्रोटोन इ.मास ५’ मा रियर–ह्विल–ड्राइभ प्लेटफर्म, स्मार्ट स्टोरेज, १४.६ इन्च फुल एचडी डिस्प्ले, ३७५ लिटर बुट स्पेस, भेहिकल–टु–लोड (भीटुएल) प्रविधि तथा जी–ट्र्याक्सन कन्ट्रोल सिस्टमलगायतका सुविधा छन्।
इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार यी भेरियन्टको मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३६ लाख ९९ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, ‘प्रोटोन इ.मास ७’ ठूलो आकारको इलेक्ट्रिक एसयुभी हो। यसको ‘प्राइम’ भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ। यसले डब्लुएलटीपी मापदण्डअनुसार करिब ३४५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
इ.मास ७ मा एडास प्रविधि तथा १५.४ इन्चको डिस्प्ले रहेको छ। यो पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ।
कम्पनीका अनुसार इ.मास ५ सहरी तथा दैनिक प्रयोगका लागि उपयुक्त कम्प्याक्ट एसयुभी हो भने इ.मास ७ पारिवारिक प्रयोग तथा लामो दूरीको यात्राका लागि लक्षित ठूलो इलेक्ट्रिक एसयुभी हो।
जगदम्बा मोटर्सले साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको एक्स्पोमा सहभागी ग्राहकलाई दुवै सवारीसाधनको प्रत्यक्ष अनुभव लिन तथा प्रोटोन टोलीसँग बुकिङ विकल्पबारे जानकारी लिन आग्रह गरेको थियो।
नाइमा एक्स्पोमा प्रोटोनको स्टलमा उपस्थित ग्राहक तथा अवलोकनकर्तालाई धन्यवाद दिँदै कम्पनीले ‘रेडिफाइनिङ योर एक्सपेरियन्स विथ प्रोटोन इ.मास’ अभियानलाई निरन्तरता दिने जनाएको छ।
नाइमा एक्स्पोमा सहभागी हुन नसकेका ग्राहकलाई आगामी ‘नाडा अटो शो २०२६’ को हल–४ स्थित स्टल नम्बर जी–१५ मा आएर प्रोटोनका सवारीसाधनको अनुभव लिन कम्पनीले आग्रह गरेको छ। कम्पनीका अनुसार नाडा अटो शोमा ग्राहकका लागि थप आकर्षक अफरसमेत सार्वजनिक गरिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया