गुड फ्राइडे मनाउन सरकारी गाडीमा पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन्द्र शाह
- BFIS News
- 2026 Aug 21 12:56
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौं–पोखरातर्फ प्रस्थान गरेका छन्। उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्री शाहको यात्राको गन्तव्यबारे भने सुरक्षा निकाय र स्थानीय प्रशासनलाई औपचारिक जानकारी नदिइएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतका अनुसार प्रधानमन्त्रीसहितको टोली केहीबेर पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा रोकिएको थियो। तर, टोलीको गन्तव्यबारे थप जानकारी आफूहरूलाई नभएको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको बताए। उनका अनुसार प्रहरीले भने भ्रमणबारे पार्टीसँग जानकारी मागेको थियो।
प्रधानमन्त्री मुस्ताङ जाने कार्यक्रम रहेको बताइए पनि मुस्ताङ प्रहरीलाई समेत यसबारे औपचारिक जानकारी पुगेको छैन। मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे कुनै औपचारिक सूचना प्राप्त नभएको बताए। यद्यपि, आवश्यक सुरक्षा प्रबन्ध गर्न समस्या नरहेको उनको भनाइ छ।
सुरक्षा निकायलाई औपचारिक जानकारी नपुगे पनि प्रधानमन्त्री शाहको पोखरा भ्रमण भने निश्चित रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी शुक्रबार अपराह्न पोखरा पुग्नेछन्।
पोखरा पुगेपछि प्रधानमन्त्री शाह कास्कीको अन्नपूर्ण गाउँपालिका–अस्तामस्थित एक रिसोर्टमा रात बिताउने तयारीमा छन्। उनका लागि उक्त रिसोर्ट बुक भइसकेको स्रोतको दाबी छ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणको उद्देश्य र विस्तृत कार्यक्रमबारे भने औपचारिक रूपमा जानकारी सार्वजनिक गरिएको छैन।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया