Nepal Life

कार्यकालको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न भएको महशुस भएको छ: सिइओ थकाली

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Oct 11 08:33
कार्यकालको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न भएको महशुस भएको छ: सिइओ थकाली

काठमाडौं, असोज २४ – कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले बैंकको हालै सम्पन्न साधारण सभामा सम्बोधन गर्दै बैंकले नाफा सँगै उत्तरदायित्व पनि निभाइरहेको बताएका छन्।

Nepal Life
NIMB

वार्षिक प्रतिवेदनले बैंकको आर्थिक नतिजामात्र नभई, संगठनको धैर्यता, अनुशासन, नवप्रवर्तनको भावना र दिगो विकासमा केन्द्रित साझा दृष्टिकोणलाई समेत उजागर गरेको उल्लेख गर्दै सिइओ थकालीले आफ्नो कार्यकालको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न भएको महसुस भएको बताएका छन्।

थकालीले बैंकले दुई वर्ष लगातार सन्तोषजनक नाफा आर्जन गर्दै क्रमशः १२ प्रतिशत र १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको उल्लेख गरे। “Strategy 2084” अन्तर्गत तयार पारिएको चार वर्षे रणनीति, वार्षिक रोडम्याप र P-Q-R (Prudent-Quality-Return) अवधारणामा आधारित भएर बैंकले लक्ष्य हासिल गर्न सफल भएको उनको भनाइ थियो।

बैंकले कर्मचारी सम्मेलन, गोष्ठी तथा मूल्यांकन कार्यक्रमहरु मार्फत निरन्तर सुधारमा ध्यान दिएको जानकारी दिँदै थकालीले सफलताको श्रेय बैंक सञ्चालक समिति, ग्राहक, व्यवस्थापन र सम्पूर्ण कर्मचारीलाई दिए।

हालको राजनीतिक अस्थिरता र कर्जाको घट्दो मागबीच पनि बैंकले प्रतिस्पर्धी आर्थिक वर्षमा सन्तुलित वृद्धि, जोखिम व्यवस्थापन, डिजिटल रुपान्तरण लगायतका क्षेत्रमा महत्त्वपूर्ण फड्को मारेको उल्लेख गर्दै, आगामी आर्थिक वर्ष अझ चुनौतीपूर्ण हुने बताए। तर, त्यसलाई अवसरको रूपमा लिँदै उच्च व्यवस्थापन र कर्मचारीहरुको सहकार्यमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यसैबीच, थकालीले कामना सेवाले “National Best Presented Annual Report Award, 2024” अन्तर्गत वित्तीय सेवा क्षेत्रमा उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेर स्वर्ण पदक प्राप्त गरेको उल्लेख गर्दै, यो उपलब्धिले संस्थाको ब्रान्ड मूल्य अझ बलियो बनाएको दाबी गरे।

बैंकले आगामी दिनमा १३० शाखा सञ्जाल मार्फत वित्तीय पहुँचबाट वञ्चित वर्गलाई समेट्दै डिजिटल उपकरणमा लगानी, व्यवसायिक सम्बन्ध सुदृढीकरण, तथा सेवा वितरणमा आधुनिकरण गर्ने लक्ष्य लिएको छ।

सीईओ थकालीले सेयरधनी, सञ्चालक समिति, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गर्दै, कामना सेवा समाजप्रति उत्तरदायी, दिगो, र नवप्रवर्तनमैत्री बैंकको रुपमा स्थापित भइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया