NIMB Header 2
Nepal Life

हिमालयन लाइफको कामु सिइओको जिम्मेवारी कपिल कुमार दाहाललाई

National Life
  • BFIS News
  • 2025 Oct 14 11:17
हिमालयन लाइफको कामु सिइओको जिम्मेवारी कपिल कुमार दाहाललाई
Sanima Reliance

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट मनोजलाल कर्णले राजिनामा दिए सँगै कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाललाई प्रदान गरेको छ। 

Shikhar
NIMB

कर्णले पदबाट राजिनामा दिए सँगै कम्पनीले आफ्नो आधिकारिक वेवसाइटबाट पनि तत्काल फोटो हटाएको थियो। कार्यकालको उत्तरार्धमा कर्मचारी र अभिकर्ता दुबै तर्फको दवाव झेल्न नसके पछि उनले पदबाट राजिनामा दिएका हुन्। अभिकर्ताले न्युनतम पनि प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गर्नु पर्ने भन्दै उनि सँग अडान लिए पनि पदबाटै राजिनामा दिएको स्वीकार गरेका छन्। यद्यपी उनले मर्जर पछि कर्मचारी व्यवस्थापन र अभिकर्ताको चित्त बुझाउन नसक्दा समस्यामा परेका हुन्। 

कर्मचारी र अभिकर्ताले उनलाई सञ्चालक प्रति मात्रै बफादार भएको आरोप लगाउदै आएका थिए। मर्जर अगाडीका साविक तीन वटा कम्पनीका समस्याहरु एकै ठाउँमा आउदा हिमालयन लाइफले राम्रो प्रतिस्तुती दिन सकिरहेको थिएन। कर्मचारीले पनि छाड्ने क्रम तिव्र थियो। अर्को तर्फ आक्रामक व्यवसाय विस्तारका क्रममा कतिपय पोलिसीमै कम्पनीले नोक्सानी बेहोर्दै आइरहेको छ। जसले गर्दा बीमितले राम्रो बोनस पाउन सक्ने अवस्था छैन। विशेष गरी मनिव्याक पोलिसीले हिमालयन लाइफले अहिले पनि ठुलो धक्का पुर्याइरहेको छ। जसको लस अन्य पोलिसीबाट रिकभर गर्नु पर्ने बाध्यता छ। 

अर्को तर्फ कर्णले आफुलाई सञ्चालक प्रति जवाफदेहि बनाउने क्रममा मर्जर पछि पनि आकर्षक लाभांश वितरण गरे। जवकी उनले नोक्सानमा रहेका पोलिसीमा रिकभर गर्नु पर्ने थियो। जगेडा कोष थप बलियो बनाउनु पर्ने थियो। तर जीवन बीमा कोषबाट नियमले भ्याउनेसम्मको रकम शेयरधनी कोषमा तानेर लाभांश वितरण गर्ने काम भयो। यो पनि कर्णको कार्यकालको एउटा असफलता हो। जुन बीमितको हितमा थिएन। 

श्री कपिल कुमार दाहाल वाणिज्य स्नातक तथा चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ। उहाँले सन् २००९ मा भारतको चेन्नईस्थित ICAI (The Institute of Chartered Accountants of India) बाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन सम्पन्न गर्नुभएको हो।

श्री दाहाल एक आत्मनिर्भर, समर्पित तथा परिणाममुखी व्यक्तित्व हुनुहुन्छ जसले लेखा, वित्तीय व्यवस्थापन, अडिट तथा बीमा क्षेत्रको विस्तृत अनुभव प्राप्त गर्नुभएको छ।

कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दाहाल सँग जीवन बीमा तथा निर्जीवन बीमा कम्पनी दुबै क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव रहेको छ। उनले बीमा, कर प्रणाली, सूचना व्यवस्थापन प्रणाली, व्यवसाय व्यवस्थापन, मनी लन्डरिङ विरुद्धको कानुन (AML), अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (IFRS) तथा राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) लगायतका विविध तालिमहरूमा सहभागी भइसकेको अनुभव रहेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया