Nepal Life

कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्का

NMB Bank
  • BFIS News
  • 2025 Oct 14 16:10
कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्का
National Life

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन्। 

Shikhar
NIMB

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘‘ मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।’’

उनि नेपाली कांग्रेसको पूर्व महामन्त्री हुन्। उपसभापति खड्का शालीन नेता एवम् कुशल वार्ताकार पनि हुन्। खड्का दुई पटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसकेका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया