NIMB Header 2
Nepal Life

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिए

National Life
  • BFIS News
  • 2025 Oct 16 16:09
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिए
Sanima Reliance

काठमाडौं, ३० असोज – मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहबीच सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन्।

Shikhar
NIMB

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। बुधबार साँझ पाँच दलको समर्थनमा ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त भएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

शपथ ग्रहणपछि बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री सोनल (सोनार) ले प्रदेशको समृद्धि र विकासप्रति आफ्नो प्रतिवद्धता दोहोर्‍याए। उनले अधिकारको संरक्षण गर्दै प्रदेशलाई सुशासन, समृद्धि र विकासको दिशामा अघि बढाउने बताएका छन्।

"मुख्यमन्त्रीको पदमा सेवा गर्न आएको हुँ, इन्जोय गर्न होइन," उनले स्पष्ट रूपमा बताए, "अधिकारको संरक्षण र संस्थागत विकासमार्फत सुशासन कायम गर्दै प्रदेशको समृद्धिमा योगदान पुर्‍याउने मेरो प्रमुख लक्ष्य हो।"

सोनलले छ दलीय गठबन्धनमा सहभागी सबै दल र नेताप्रति आभार व्यक्त गर्दै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी भइरहेको जानकारी दिए। वर्तमान राजनीतिक चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्दै जनताको मुद्दा जनस्तरसम्म पुगोस् भन्ने लक्ष्यसहित सरकार सञ्चालन गरिने उनले बताए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सहिदहरूको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। "मधेश प्रदेशलाई विकास र समृद्धिको बाटोमा डोर्‍याउने चुनौती स्वीकार गरेर सरकार अघि बढ्नेछ," मुख्यमन्त्री सोनलले भने।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया