Nepal Life

प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो

NMB Bank
  • BFIS News
  • 2025 Oct 25 13:02
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो
National Life

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको विद्युत्‌को लाइन काटिएको छ ।

Shikhar
NIMB

प्राधिकरणले शुक्रबार ती उद्योगको बिजुली काटेको हो । यसअघि गत मंगलबार ६ वटा उद्योगको बिजुली काटेको थियो । 

शुक्रबार विद्युत् काटिनेमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारि स्वचालित कारखाना, जगदम्वा सिन्थेटिक, एभरेष्ट रोलिङ,घाराना फुडस, विशाल सिमेन्ट, एसआर फुडस, सिद्वार्थ पेट प्लास्ट, बुटबल सिमेन्ट, सोना मिनरलस एण्ड आयल्स र निगाले सिमेन्ट हुन् ।

प्राधिकरणले गत मगंलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको थियो ।

यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको थप महसुल तिरेका छैनन् । तर उद्योगीहरूले वास्तविक बिल माग गर्दै आएका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया