आइपिओ निष्काशनको तयारीमा रहेको एभरेस्ट कलरको रेटिङमा सुधार, पायो केयर एनपि डबल बि
- BFIS News
- 2025 Oct 25 20:17
काठमाडौं। आइपिओ निष्काशनको तयारी गरिरहेको एभरेष्ट कलरको रेटिङमा सुधार भएको छ। केयर रेटिङ नेपालले एभरेस्ट कलरलाई प्रदान गरेको इश्युअर रेटिङलाई ‘CARE-NP BB-’ बाट सुधार गर्दै ‘CARE-NP BB’ मा पुनरावलोकन गरेको छ। यो रेटिङ प्राप्त कम्पनीहरूलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम स्तरको जोखिम भएको मानिन्छ।
कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा देखिएको सुधारका कारण रेटिङमा सुधार आएको एजेन्सीले जनाएको छ। उक्त अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी (Total Operating Income) र नाफाको अनुपात (Profitability Margins) वृद्धि भएको छ, जसले कम्पनीका डेब्ट कभरेज सूचकाङ्क र ऋण सुरक्षा मापदण्डहरूलाई सुधार गरेको छ।
यद्यपि कम्पनीको कारोबारको आकार सानो रहँदै आएको छ, कम ऋणस्तरले गर्दा कम्पनीले तुलनात्मक रूपमा खुद मुनाफा र नगद संकलन कायम राख्न सफल भएको एजेन्सीले जनाएको छ।
तर, उच्च क्रेडिट अवधि (Collection Period) र लामो सञ्चालन चक्र (Operating Cycle) ले कम्पनीको तरलता (Liquidity) चुनौतीपूर्ण बनाएको प्रतिवेदनमा उल्लेख छ। साथै, कच्चा पदार्थ मूल्य अस्थिरता र विदेशी मुद्रासम्बन्धी उतारचढाव जोखिम पनि प्रमुख जोखिमका रूपमा देखिएका छन्।
१. लामो सञ्चालन चक्र (Elongated Operating Cycle):
कम्पनीको चालु पूँजी प्रयाप्त रहेको छ। कम्पनीको औसत Inventory Days ९७ दिन र Collection Period १८८ दिन रहेको छ भने Payable Period घटेर ३७ दिन पुगेको छ। फलस्वरूप, कम्पनीको सञ्चालन चक्र आर्थिक वर्ष २०८१/८२ मा २४८ दिनमा पुगेको छ। यस भन्दा पहिला २२६ दिन थियो।
२. कच्चा पदार्थ मूल्य तथा विनिमय दर जोखिम (Raw Material Price & Forex Risk):
पेट्रोकेमिकल, मिनरल्स, पिग्मेन्ट्स आदि प्रमुख कच्चा पदार्थहरू मूल्य अस्थिरताबाट प्रभावित हुने भएकाले कम्पनीको नाफामा प्रत्यक्ष असर पर्न सक्छ। साथै, भारतबाट आयात हुने पेट्रोलियम-आधारित पदार्थ अमेरिकी डलरसँग जोडिएका हुँदा विदेशी विनिमय दरमा उतारचढावले पनि जोखिम बढाउँछ।
३. तीव्र प्रतिस्पर्धा (High Competition):
देशी तथा विदेशी दुवै कम्पनीहरूको उपस्थिति रहेको पेन्ट उद्योग अत्यधिक प्रतिस्पर्धी छ। उत्पादनमा कम भिन्नता भएकोले एभरेष्टलाई बजारमा प्रतिस्पर्धा गर्न चुनौती रहन्छ।
४. ब्याज दरको अस्थिरता (Interest Rate Volatility):
कम्पनीले लिएको ऋण Floating Interest Rate मा आधारित भएकाले बैंक तथा वित्तीय संस्थाको आधार दरमा आएको उतारचढावले कम्पनीको ब्याज खर्च र नाफामा असर पार्न सक्छ।
सबल पक्षहरू
१. अनुभवी प्रवर्द्धक टोली:
कम्पनीका प्रवर्द्धकहरूलाई पेन्ट उद्योगमा दुई दशकभन्दा बढी अनुभव छ। प्रबन्ध निर्देशक सरोज लुइटेल, मार्केटिङ तथा बिक्री प्रमुख शैलेन्द्रकुमार सितौला, र CFO कृष्ण ब. लामा सबैजना अनुभवी व्यावसायिक हुन्।
२. आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रदर्शनमा सुधार:
कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा कुल कारोबार (TOI) रु. १४२ मिलियन पुगेको छ। यस अगाडी रु. ९५ मिलियन) थियो।
PBILDT Margin १३% बाट बढेर १७% पुगेको छ भने PAT Margin ३% बाट बढेर १५% पुगेको छ। Gross Cash Accruals (GCA) रु. ६ मिलियनबाट बढेर रु. १८ मिलियन पुगेको छ।
३. कम ऋणस्तर र सुधारिएको ऋण सेवा सूचकांक:
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको Overall Gearing Ratio ०.०२ मा सुधारिएको छ। यस अगाडी ०.०४ थियो। यस वर्ष प्रवर्द्धकहरूले अतिरिक्त रु. ३५ मिलियन इक्विटी पूँजी लगानी गरेका छन्। Interest Coverage Ratio ४२.२३ मा पुगेको छ। यस अगाडी २.०३ थियो।
आगामी अवधिमा कम्पनीले आफ्नो सञ्चालन क्षमता लाभदायी रूपमा विस्तार गर्न सक्ने र वर्किङ क्यापिटलको प्रभावकारी व्यवस्थापन गर्न सक्ने क्षमताले रेटिङको दिगोपन निर्धारण गर्नेछ।
एभरेष्ट कलरकोको स्थापना २०११ मे ५ मा प्रालिका रूपमा गरिएको थियो र २०२४ जुन २४ मा यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो।
कम्पनीले विभिन्न प्रकारका Exterior र Interior Emulsion Paints, Enamel Paints, Wood & Metal Primers, Acrylic Distempers, Aluminium Paints, Gold Paints, Cement Paints, Floor Paints, तथा Industrial Paints उत्पादन र बिक्री गर्दै आएको छ। कम्पनीको उत्पादन केन्द्र तुङर्रा-०३, चितवन मा अवस्थित छ र एक दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया