पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपात हुने
- BFIS News
- 2025 Oct 27 17:48
काठमाडौं। आगामी तीन दिन देशका विभिन्न पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मिति २०८२ साल कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा पनि वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने सम्भावना रहेको छ। यसका साथै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व/पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाहरूमा पनि हल्का देखि मध्यम वर्षा र हिमपात हुन सक्ने चेतावनी दिइएको छ।
त्यसैगरी गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लाहरूमा पनि हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। मौसमविद्हरूले यस्ता क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया