NIMB Header 2
Nepal Life

सुन बजारमा लगातार ओरालो, चाँदीमा देखियो वृद्धि

National Life
  • BFIS News
  • 2025 Oct 29 12:43
सुन बजारमा लगातार ओरालो, चाँदीमा देखियो वृद्धि
Sanima Reliance

काठमाडौँ, कात्तिक १२ गते । पछिल्ला चार दिनदेखि सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको हो

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत आइतबार प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर दुई लाख ४१ हजार नौ सय रुपैयाँमा झरेको सुन सोमबार फेरि दुई हजारले घट्दै दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसपछि मंगलबार पुनः प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेपछि सुनको मूल्य दुई लाख ३७ हजार रुपैयाँमा पुगेको थियो भने बुधबार थप सात सय रुपैयाँले घट्दै दुई लाख ३६ हजार तीन सय रुपैयाँमा झरेको हो ।

यता, चाँदीको मूल्य भने आज बढेको छ । मंगलबार प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज वृद्धि भई दुई हजार ९६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतिऔंस करिब तीन हजार ९६० अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया