Nepal Life

सामुदायिक वनको रकम हिनामिनामा डडेल्धुराका अध्यक्ष मुद्दामा

NMB Bank
  • BFIS News
  • 2025 Oct 29 17:10
सामुदायिक वनको रकम हिनामिनामा डडेल्धुराका अध्यक्ष मुद्दामा
National Life

काठमाडौँ, कात्तिक १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Shikhar
NIMB

आयोगका अनुसार मडैले समितिको रकम हिनामिना र दुरुपयोग गर्न मिति २०७८ मंसिर १० को माइन्युटको नक्कली प्रतिलिपि तयार गरी सचिव र कोषाध्यक्षको जानकारीबिना चेकमा किर्ते हस्ताक्षर गरेका थिए। सोही चेक प्रयोग गरेर उनले २०७८ मंसिर १६ देखि २०७९ वैशाख २५ सम्म रु २० लाख १५ हजार आफ्नै नाममा झिकेका थिए।

अनुसन्धानले देखाएको छ कि मडैले रकम डडेल्धुराबाट नभई अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगरका विभिन्न शाखाबाट निकालेका थिए। स्थलगत प्रतिवेदन, फरेन्सिक परीक्षण र बैंक अभिलेखले पनि किर्ते दस्तावेज प्रयोग भएको पुष्टि गरेका छन्।

मडैले रु २ लाख मात्र फिर्ता गरेका थिए भने बाँकी रु १८ लाख १५ हजार दुरुपयोग भएको पाइएको छ। अख्तियारले यसलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गत अपराध मान्दै, बिगो कायम र कैद तथा जरिवानासहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सार्वजनिक पदको दुरुपयोग गरी सामुदायिक सम्पत्तिमा हानि पुर्‍याउने अपराधमा अख्तियारले निरन्तर कारबाही अघि बढाइरहेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया