Nepal Life

अस्पतालमा मौसमी फ्लुका बिरामी बढ्दै

NMB Bank
  • BFIS News
  • 2025 Oct 29 17:42
अस्पतालमा मौसमी फ्लुका बिरामी बढ्दै
National Life

काठमाडौँ, कात्तिक १२ – देशका विभिन्न अस्पतालमा मौसमी फ्लु (रुघाखोकी) का बिरामीको सङ्ख्या बढ्न थालेको छ। वीर अस्पताल, भक्तपुर अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर आउने बिरामी बढिरहेका छन्।

Shikhar
NIMB

सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जाडोयाम सुरु भएसँगै बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलामा जोखिम बढी हुने बताए। उहाँका अनुसार, पछिल्ला दिनमा रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, शरीर दुख्ने र निरन्तर खोकी लाग्ने समस्या लिएर आउने बिरामी बढेका छन्।

वीर अस्पतालमा दैनिक १५००–२००० नयाँ बिरामी आउँछन् भने त्यसमा ५०–६० जना मौसमी फ्लुका बिरामी पर्न थालेका छन्। अस्पतालका निर्देशक डा. दिलीप शर्माले हाल बिरामीको सङ्ख्या बढेको जानकारी दिएका छन्।

भक्तपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुरेन्द्र भट्टले पनि केही दिनयता मौसमी फ्लुका बिरामी बढेको बताएका छन्। कान्ति बाल अस्पतालमा दैनिक करिब ६०० बिरामी ओपिडीमा र १५० बिरामी आकस्मिक कक्षमा आउँछन्।

डा. पुनका अनुसार, मौसमी फ्लु इन्फ्लुएन्जा भाइरसबाट हुने सामान्य रुघाखोकी हो। अधिकांश बिरामीलाई जटिल अवस्था हुँदैन, तर वृद्धवृद्धा र बालबालिकाले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। अचानक ज्वरो आउने, घाँटी दुख्ने, शरीर दुख्ने, निरन्तर खोकी लाग्ने जस्ता लक्षण देखिँदा घरमै आराम गर्नु, झोलिलो खानेकुरा खानु र स्वास्थ्यकर्मीको सल्लाह लिनु उचित हुने डा. पुनले बताए। उहाँले यसबाट आत्तिन नहुने र सामान्य स्वास्थ्य मापदण्ड अपनाउँदा अवस्था नियन्त्रण गर्न सकिने जानकारी दिनुभयो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया