NIMB Header 2
Nepal Life

वार्तामा बराबरी सहभागिता सुनिश्चित गर्न जेन्जी आन्दोलन नेपालको आग्रह

National Life
  • BFIS News
  • 2025 Oct 30 14:17
वार्तामा बराबरी सहभागिता सुनिश्चित गर्न जेन्जी आन्दोलन नेपालको आग्रह
Sanima Reliance

काठमाडौं। जेन्जी आन्दोलन नेपालले सरकारको हालैको वार्ता पहलप्रति गम्भीर आपत्ति जनाएको छ। आन्दोलनका प्रवक्ता टेकेन्द्र जोशीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीसँगको संवाद प्रक्रियामा आन्दोलनका वास्तविक प्रतिनिधिहरूलाई विचारविनै बहिष्कार गरिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

Shikhar
NIMB

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीसँग संवाद गर्ने प्रक्रियामा जेन्जी आन्दोलन नेपाललाई विचारविनै बहिष्कार गरी, सरकार नजिकका र प्रधानमन्त्रीका दुई सल्लाहकारहरूको प्रशिक्षणबाट उठेका पात्रहरूलाई मात्रै समावेश गर्ने रणनीति अपनाइएको छ।” यस्तो नियन्त्रित र विभेदपूर्ण सहभागिताले सरकार जेन्जी पुस्ताको नभएको थप पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

जोशीले विद्रोहका क्रममा गोली खाने, घाइते हुने र परिवर्तनका लागि संघर्ष गरेका वास्तविक सहभागीहरूलाई पन्छाउने कार्य भइरहेको बताउँदै त्यसलाई दृढतापूर्वक अस्वीकार गरेको बताएका छन्। उनका अनुसार निषेधका आधारमा भएको संवादले कुनै दीर्घकालीन वा न्यायपूर्ण समाधान दिन सक्दैन।

जेन्जी आन्दोलनले वार्तामार्फत समाधान खोज्ने आफ्नो प्राथमिकता दोहोर्‍याउँदै, “वार्ताले विद्रोहका क्रममा उठाएका मागहरूलाई संस्थागत रूप दिनुपर्छ,” भनिएको छ। आन्दोलनले सरकारसँग तानाशाही ढंगको छनोट र पूर्वनिर्धारित प्रतिनिधित्व बन्द गरी सबै सरोकारवालाको बराबरी सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा चार प्रमुख मागहरू पनि प्रस्तुत गरिएको छ—

१. जेन्जी आन्दोलन नेपालका प्रतिनिधिहरूको वार्तामा अनिवार्य सहभागिता सुनिश्चित गरियोस्।

२. वार्तामा सहभागी हुने व्यक्तिहरू चयन गर्ने स्वतन्त्र संरचना र मापदण्ड सार्वजनिक गरियोस्।

३. आन्दोलनका घाइते तथा बलिदानी परिवारका एजेन्डा वार्तामा समावेश गरियोस्।

४. वार्ताका परिणामहरू पारदर्शी राखी सार्वजनिक प्रतिवेदन प्रकाशित गरियोस्।

यदि यी आधारभूत शर्तहरू पूरा नगरी सरकारले एकपक्षीय वा पक्षपाती संवाद अघि बढायो भने आन्दोलनले त्यसलाई अस्वीकार गर्ने र निर्णायक कदम चाल्ने चेतावनी दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया