Nepal Life

पाँचथरमा पहिरोका कारण अवरुद्ध सडक खुल्यो, यात्रा सावधानीसहित गर्न आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Oct 31 18:20
पाँचथरमा पहिरोका कारण अवरुद्ध सडक खुल्यो, यात्रा सावधानीसहित गर्न आग्रह
National Life

फिदिम, कात्तिक १४ गते। न्यून चापीय प्रणाली मोन्था चक्रवातको प्रभावले तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण आएको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पाँचथर खण्ड शुक्रबार साँझ सञ्चालनमा आएको छ।

Shikhar
NIMB

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिष कर्णका अनुसार, याङवरक गाउँपालिका–३, रिजाल भीरममा खसेको पहिरो पन्छाएर सडक खुलाइएको हो। विहीबार रातिदेखि अवरुद्ध सडक शुक्रवार साँझ साढे पाँच बजेदेखि सञ्चालनमा आएको भए पनि वर्षा जारी रहेकाले पहिरो झर्ने जोखिम यथावत रहेको प्रहरीले जनाएको छ।

यस्तै, मिक्लाजुङ गाउँपालिका–७, ऐनेभिरमा गएको पहिरोका कारण राँके–रवि–भेडेटार सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। माथिबाट खसेको पहिरोले आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

वर्षाका कारण अन्य ग्रामीण सडकहरू समेत प्रभावित बनेका छन्। निरन्तरको झरीसँगै पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन पाँचथरले तत्काल यात्रा नगर्न स्थानीयलाई सचेत गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया