Nepal Life

तेह्रथुम पावरको नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 10:03
तेह्रथुम पावरको नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो
National Life

काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
NIMB

प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा नाफा वृद्धि गर्न सफल भएपनि प्रतिशेयर आम्दानी (EPS) भने घटेको देखिएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ४ करोड ६० लाख रुपैयाँ नाफाभन्दा २२.१९ प्रतिशत बढी हो।

कम्पनीले विद्युत् बिक्री आम्दानीमा ०.५० प्रतिशतको मामुली गिरावट भोगे पनि वित्तीय खर्चमा ५४.५८ प्रतिशतले कमी आउँदा कुल नाफा वृद्धि भएको हो।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ०.८२ प्रतिशत र सञ्चालन मुनाफा १.१४ प्रतिशत घटेको छ। तथापि, वित्तीय खर्च घट्नाले कम्पनीको शुद्ध नाफा सुधारिएको हो।

तर, नाफा बढेपनि प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कम्पनीको EPS १७ रुपैयाँ ९१ पैसा घटेर २८ रुपैयाँ १२ पैसामा सीमित भएको छ।
खुद नाफाको तुलनामा चुक्ता पूँजी वृद्धि दर उच्च भएकाले EPS घटेको कम्पनीले जनाएको छ।

पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६१ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ९.९९ गुणा रहेको छ।
कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ भने यसको जगेडा कोष ३१ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया