NIMB Header 2
Nepal Life

दाउन्ने सडक हिलो र जामले ठप्प : पाँच सय सवारी फसे, यात्रु हैरान

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 02 10:56
दाउन्ने सडक हिलो र जामले ठप्प : पाँच सय सवारी फसे, यात्रु हैरान
Everest Bank

नवलपुर, कात्तिक १६ गते । लगातार चार दिनदेखिको झरीले नवलपुरको दाउन्ने सडक खण्डलाई हिलाम्य बनाएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन निकै कठिन बनेको छ।

Shikhar
NIMB

हिलोमा सवारी साधन फस्ने क्रम बढेसँगै यात्रा एकतर्फी र जोखिमपूर्ण भएको नवलपुर प्रहरीले जनाएको छ। शनिबार राति विनयी त्रिवेणी गाउँपालिका–२ घ्यु खोलामा ट्रक फसेर राजमार्ग राति ९ बजेसम्म अवरुद्ध भएको थियो। आइतबार बिहानदेखि फेरि सडक विभिन्न ठाउँमा बिग्रिएका गाडीका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।

आज फेरि त्रिसट्ठी मोड र ज्यामिरे चोक आसपास सडक पुनः अवरुद्ध भएको छ। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ ख ०९५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रक, र दाङबाट नारायणघाटतर्फ गइरहेका म १ ख ७४४ नम्बरको ट्रक बिग्रिएपछि बाटो बन्द भएको हो।

त्यस्तै, काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७७६ नम्बरको बस, ना ७ ख ६६६४ नम्बरको खाली ट्रक, र ना ७ ख ६०५३ नम्बरको ट्रक समेत ज्यामिरे क्षेत्रमा बिग्रिएपछि सडक ठप्प बनेको प्रहरीले जनाएको छ। दाउन्ने सडक खण्डमा कम्तीमा पाँच वटा गाडी हिलोमा फसेका छन् भने हाल करिब पाँच सय सवारी साधन लामो जाममा परेका छन्।

प्रहरीका अनुसार सवारी साधन हटाएर बाटो खुलाउने प्रयास जारी छ। हिलो र बिग्रिएका सवारीका कारण १४ किलोमिटर दूरी पार गर्न ६ घण्टाभन्दा बढी समय लाग्ने गरेको यात्रुहरूले बताएका छन्। हिजो दिनभर फसेको बा.प्र.०३–००१ ख २१५८ नम्बरको माटो लोड गरिएको ट्रक राति ९ बजे जेसीबीको सहयोगमा हटाएपछि बाटो अस्थायी रूपमा खुलेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया