अछाममा आगलागी, साँफेबगर हाटबजारका सात पसल जलेर खरानी
- BFIS News
- 2025 Nov 02 11:06
अछाम, कात्तिक १६ गते । अछामको प्रमुख व्यापारीक केन्द्र साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा शनिबार राति लागेको आगलागीमा सात वटा पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्।
स्थानीयका अनुसार, आगो करिब पौने ९ बजे तिर सुरु भएको थियो। आगलागी नियन्त्रणमा लिन निर्माण व्यवसायी गौतम कुँवरको जेसिबी र इन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहायतामा सुरक्षा निकाय र स्थानीय बासिन्दाले करिब डेढ घण्टा मेहनत गरेका थिए। अन्ततः संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिन सफल भए पनि पसलभित्रका सामग्रीहरू जोगाउन सकेनन्आगलागीबाट जलेका पसलहरूमा अशोक कुँवरको जुता पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटेल, सुमन कुँवर (ईभी) को काण्टर/डोका–डाला पसल, कर्ण कुँवरको अग्रोभेट सेन्टर, वैद्यनाथ फेन्सी स्टोर र नरबहादुर गिरीको सिलाई–कटाई पसल रहेका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार, विद्युत् सर्टका कारण आगलागी भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ।
स्थानीय प्रशासनले राहत तथा क्षतिको विवरण सङ्कलन कार्य अगाडि बढाएको जनाएको छ।
गत वैशाख १३ गते पनि यही क्षेत्रमा आगलागी हुँदा ठूलो क्षति भएको थियो। छ महिनाभित्रै दोस्रो पटक आगो लागेपछि स्थानीय व्यापारीहरू पुनः शोकमा डुबेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpeg)







प्रतिक्रिया