NIMB Header 2
Nepal Life

आठ वामदलबीच पार्टी एकताको घोषणा, कात्तिक १९ मा राष्ट्रिय सम्मेलन

National Life
  • BFIS News
  • 2025 Nov 02 22:14
आठ वामदलबीच पार्टी एकताको घोषणा, कात्तिक १९ मा राष्ट्रिय सम्मेलन
Sanima Reliance

काठमाडौँ, कात्तिक १६ गते। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामदलबीच पार्टी एकताको सहमति भएको छ। नयाँ पार्टीमा दुई शीर्ष पद—संयोजक र सहसंयोजक—राखिने सहमति भएको छ।

Shikhar
NIMB

सहमति अनुसार कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन तथा आगामी छ महिनाभित्र एकता महाधिवेशन आयोजना गरिनेछ। तर पार्टीको नाम भने अझै तोकिएको छैन। आगामी पार्टीको चुनाव चिन्ह पाँचकुने “तारा” रहने उल्लेख छ।

सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित आठ दलका नेताहरूले हस्ताक्षर गरेका छन्। सहभागी दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी–समाजवादी), नेकपा (चिरन पुन) र नेकपा (साम्यवादी) छन्।

सहमति पत्रअनुसार कात्तिक १९ गते हुने एकता राष्ट्रिय सम्मेलनमा पार्टी एकताको घोषणा, घोषणा पत्र, अन्तरिम विधान पारित तथा नयाँ केन्द्रीय समिति गठन गरिनेछ।

नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने जनाइएको छ। पार्टीको तत्कालीन कार्यनीति अन्तर्गत पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरणमार्फत समाजवादको आधार निर्माण गर्ने उल्लेख छ।

सहमति पत्रमा भनिएको छ, “पुँजीवादी जनवादी क्रान्तिको उपलब्धि — सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन र सामाजिक न्यायलाई सुदृढ गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो।”

आन्दोलनको स्वरूपमा पार्टीले शान्तिपूर्ण आन्दोलनलाई प्राथमिकता दिने र परिस्थितिअनुसार सडक, सदन र सरकार सबै मोर्चाबाट संघर्ष गर्ने उल्लेख छ।

केन्द्रीय समितिको गठन सहभागी दलहरूको साविक केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा गरिनेछ। नयाँ संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्यसंयोजन समिति रहनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया