NIMB Header 2
Nepal Life

ट्रंक तथा डेडिकेटेड महशुल विवादमा प्रधानमन्त्री कार्कीको चासो, छलफलका लागि उद्योगीलाई बोलाइन्

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 03 13:06
ट्रंक तथा डेडिकेटेड महशुल विवादमा प्रधानमन्त्री कार्कीको चासो, छलफलका लागि उद्योगीलाई बोलाइन्
Everest Bank

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच ट्रंक तथा डेडिकेटेड महशुलसम्बन्धी विवाद तीव्र बन्दै गएको बेला प्रधानमन्त्री शुशिला कार्कीले उक्त विषयमा चासो देखाएकी छन् ।

Shikhar
NIMB

प्राधिकरणले अतिरिक्त प्रिमियम शुल्क उद्योगहरूले समयमै बुझाउन नसकेको भन्दै केही उद्योगको विद्युत् लाइन काटेपछि विवाद चर्किएको हो । सो समस्या समाधानका लागि प्रधानमन्त्री कार्कीले आज सोमबार मन्त्री तथा उद्योगीलाई बालुवाटारमा छलफलका लागि बोलाएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ऊर्जामन्त्री कुलमान घिसिङ र प्रभावित उद्योगीहरूसँग प्रधानमन्त्रीले सीधा संवाद गरी विवाद समाधानका उपायबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

यसअघि नेपाल विद्युत् प्राधिकरणले २३ वटा उद्योगको विद्युत् आपूर्ति काटेको थियो । तर उद्योगीहरूले आफूहरूले सम्बन्धित सेवा उपयोग नगरेको दाबी गर्दै उक्त महशुल अस्वीकार गर्दै आएका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया