Nepal Life

नेप्सेका कार्यवाहक डीसीओ निरञ्जन फुयाँलले दिए राजीनामा, एनआरएन इन्फ्रास्ट्रक्चरमा जाने तयारी

NMB Bank
  • BFIS News
  • 2025 Nov 03 13:17
नेप्सेका कार्यवाहक डीसीओ निरञ्जन फुयाँलले दिए राजीनामा, एनआरएन इन्फ्रास्ट्रक्चरमा जाने तयारी
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कार्यवाहक डेपुटी सीईओ (डीसीओ) निरञ्जन फुयाँलले आफ्नो पदबाट राजीनामा दिएका छन्।

Shikhar
NIMB

उनले दशैंअघि नै राजीनामा दिएका भए पनि अझै स्वीकृत भएको छैन।

“मैले दशैंअघि नै राजीनामा दिएको हो, तर स्वीकृत भएको छैन,” फुयाँलले ‘मेरो लगानी’सँग बताएका छन्। शेयर बजार क्षेत्रमा दक्ष र अनुभवी कर्मचारीका रूपमा परिचित फुयाँलको राजीनामापछि नेप्सेभित्र हलचल देखिएको छ। कर्मचारीहरूले उनको राजीनामा स्वीकृत नगर्न दबाब दिइरहेका कारण स्वीकृतिमा ढिलाइ भएको बताइएको छ।

फुयाँलले निजी क्षेत्रको कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा जाने निश्चित भएको स्रोतले जनाएको छ। सोही तयारीमा उनले नेप्सेबाट राजीनामा दिएका हुन्। गैरआवासीय नेपालीहरूको लगानीमा स्थापित एनआरएन कम्पनी नेप्सेमा सूचीकृत इन्भेस्टमेन्ट कम्पनी हो।

यसअघि एनआरएनका सीईओ हेमन्त बस्यालले राजीनामा दिएर हाल नेप्सेका अध्यक्षका रूपमा कार्यरत छन्। बस्याल नेप्सेमा र फुयाँल एनआरएनमा जान लागेका कारण दुबै संस्थाबीच “कर्मचारी साटासाट” भएको जस्तो देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया