Nepal Life

फिलिपिन्समा पुनः टाइफुन संकट, जोखिम क्षेत्रमा तीव्र स्थानान्तरण

NMB Bank
  • BFIS News
  • 2025 Nov 03 15:05
फिलिपिन्समा पुनः टाइफुन संकट, जोखिम क्षेत्रमा तीव्र स्थानान्तरण
National Life

मनिला, कात्तिक १७ गते । सुपर टाइफुन ‘हाइयान’ फिलिपिन्सतर्फ तीव्र गतिमा अघि बढेपछि तटीय क्षेत्रमा हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। राष्ट्रिय मौसम विभागका अनुसार टाइफुनको गति १५० किलोमिटर प्रति घण्टासम्म पुग्ने अनुमान गरिएको छ।

Shikhar
NIMB

सन् २०१३ मा यिनै नामको सुपर टाइफुनले ६ हजारभन्दा बढीको ज्यान लिएको स्मरण गर्दै विपद अधिकारी रोएल मोन्टेसाले “पालो र तानाउन” क्षेत्रमा निकासी कार्य निरन्तर चलिरहेको बताए। छिमेकी सामार टापुमा आइतबारदेखि नै हजारौँ बासिन्दालाई सुरक्षित क्षेत्रमा लैजाने काम तीव्र भएको नागरिक सुरक्षा अधिकारी र्यान्डी निकार्टले जानकारी दिए।

स्थानिय सरकारले गुइआन क्षेत्रमा पनि तीव्र निकासी गरिरहेको छ, जहाँ यही टाइफुन अवतरण गर्ने सम्भावना उच्च रहेको उल्लेख छ।

फिलिपिन्स हरेक वर्ष करिब २० वटा आँधीबेहरी र टाइफुनबाट प्रभावित हुने देश हो। मौसम विशेषज्ञ चार्माइन वरिल्लाका अनुसार डिसेम्बरको अन्त्यसम्म कम्तीमा “तीनदेखि पाँच” थप आँधीबेहरी आउने सम्भावना रहेको छ।

डिनागट टापु प्रान्तमा १० देखि १५ हजार मानिसलाई पहिले नै सुरक्षित क्षेत्रमा सारिएको गभर्नर निलो डेमेरीले बताए। विपद अधिकारी जोय कोनालेसका अनुसार लोरेटो सहरका बासिन्दालाई उच्च स्थानतर्फ सार्न निर्देशन दिइएको छ।

वैज्ञानिकहरूले मानव–सञ्चालित जलवायु परिवर्तनका कारण आँधीबेहरी वर्षैदर वर्ष शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन्। सेप्टेम्बरमा आएको सुपर टाइफुन ‘रागासा’ लगायत दुई ठूलो आँधीका कारण ताइवानमा १४ जनाको मृत्यु भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया