Nepal Life

नेपालको प्रतिनिधित्व : राष्ट्रपति पौडेल कतार भ्रमणमा

NMB Bank
  • BFIS News
  • 2025 Nov 03 15:11
नेपालको प्रतिनिधित्व : राष्ट्रपति पौडेल कतार भ्रमणमा
National Life

कतार (दोहा), कात्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेल कातारको राजधानी दोहामा आगामी कात्तिक १८–२० गते आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार दोहामा आइपुग्नुभएको छ।

Shikhar
NIMB

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुनुभएको हो, जहाँ उहाँसँग प्रथम महिला सविता पौडेल समेत रहनुभएको छ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्र कात्तिक १८ गते सम्बोधन गर्नुहुनेछ। साथै, उहाँले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुहुनेछ।

उल्लेखनीय छ, यसअघि सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। सम्मेलनमा विश्वमा विकास असमानता, जनसङ्ख्यामा असन्तुलन, प्रविधिको सामाजिक प्रभाव लगायतका विषयमा छलफल हुने जनाइएको छ।

राष्ट्रपति पौडेलले कतारको औपचारिक भ्रमण पूरा गरी कात्तिक २० गते स्वदेश फर्कनुहुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया