चार उद्योगले तिरे ट्रंक र डेडिकेटेड लाइनको बक्यौता
- BFIS News
- 2025 Nov 04 13:04
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई थप चार उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनबापतको महशुल बक्यौता बुझाएका छन् ।
प्राधिकरणका अनुसार भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इन्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौता रकमको पहिलो किस्ता तिरेका हुन् ।
बक्यौताको पहिलो किस्ता बुझाएसँगै प्राधिकरणले ती उद्योगको विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरेको छ । यी उद्योगहरुले आर्थिक वर्ष २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुल तिर्न बाँकी राखेका थिए ।
प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु. २४ लाख ६३ हजार, पञ्चकन्या स्टीलको रु. ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु. १ करोड ८३ लाख र श्याम प्लास्टिकको रु. ४९ लाख १० हजार बक्यौता रहेको छ ।
यी उद्योगहरुले बक्यौतालाई २८ किस्तामा विभाजन गरी तिर्न सहमति जनाएका छन् र पहिलो किस्ता बुझाइसकेका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpeg)






प्रतिक्रिया