दोलखामा हिमपहिरो : तीन विदेशी पर्यटकको मृत्यु, आठ बेपत्ता
- BFIS News
- 2025 Nov 04 23:17
चरीकोट, कात्तिक १८ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको भीषण हिमपहिरोमा परेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ । प्रहरीका अनुसार अझै आठ जना बेपत्ता रहेका छन् ।
हिमपहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको छ । उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित करिब ५० जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिकूल मौसमका कारण हेलिकोप्टर सीधै घटनास्थलसम्म पुग्न नसकेको हो । घाइते पर्यटकहरूमा क्यानडाका मार्को दी मार्सेलो, इटालीका पाउलो कोको र फ्रान्सकी कारोले फुच्स रहेका छन् ।
उद्धार कार्यमा स्थानीयवासी र जनप्रतिनिधिहरूले पनि सहयोग गरिरहेका गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनुभयो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpg)





प्रतिक्रिया