Nepal Life

बर्दियामा १६औँ बृहत रक्तदान कार्यक्रम, ९४ पिन्ट रगत संकलन

NMB Bank
  • BFIS News
  • 2025 Nov 05 14:41
बर्दियामा १६औँ बृहत रक्तदान कार्यक्रम, ९४ पिन्ट रगत संकलन
National Life

गुलरिया (बर्दिया), कात्तिक १९ गते। बर्दियाको भुरिगाउँमा आयोजित १६औँ बृहत रक्तदान कार्यक्रममा ९४ पिन्ट रगत संकलन गरिएको छ। ठाकुरबाबा नगरपालिकाले हरेक तीन महिनामा सञ्चालन गर्ने नियमित बृहत रक्तदान अभियानअन्तर्गत सो रगत संकलन भएको हो।

Shikhar
NIMB

रक्तदान कार्यक्रममा नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख बिनाकुमारी भट्टराई, जनप्रतिनिधि तथा नगरकर्मीहरू गरी ९४ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेमा १३ जना महिला र ८१ जना पुरुष रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबाका अध्यक्ष छविलाल लम्सालले जानकारी दिनुभयो।

उहाँका अनुसार यसअघि नियमित हुने रक्तदान कार्यक्रममा अधिकतम २५० पिन्टसम्म रगत संकलन गरिएको थियो।

थारू समुदायको बाहुल्यता रहेको बर्दिया जिल्लामा सिकलसेल एनिमिया र थालसेमिया जस्ता रोग बढी देखिने भएकाले नियमित रूपमा रगत आवश्यक पर्नेसमेत उपप्रमुख भट्टराईले बताउनुभयो। उहाँका अनुसार, “यही आवश्यकता पूरा गर्न हरेक तीन–तीन महिनामा बृहत रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइएका छौं।”

संकलन गरिएको रगत गुलरिया, कोहोलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालका रक्तसञ्चार केन्द्रहरूमा पठाइने गरिएको उपप्रमुख भट्टराईले बताउनुभयो।
उहाँले थप्नुभयो, “चालु आर्थिक वर्षदेखि ठाकुरबाबा नगरअस्पताल नयाँ भवनमा सारिएपछि यहीँबाट नै रक्तसञ्चार सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ।”

नेपाल रक्तदाता समाज बाँकेको प्राविधिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबाको समन्वयमा ठाकुरबाबा नगरपालिका वडा नं. २ रानीपुरस्थित कभर्‍ड हलमा कार्यक्रम आयोजना गरिएको थियो।

नगरप्रमुख तिलकराम लम्सालका अनुसार, स्थानीय सरकारको नियमित आयोजनामा सबैभन्दा धेरै रगत संकलन हुने कार्यक्रम लुम्बिनी प्रदेशमै पहिलो हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया