Nepal Life

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

NMB Bank
  • BFIS News
  • 2025 Nov 05 15:15
नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल
National Life

काठमाण्डौ, कात्तिक १८ — नेपाल राष्ट्र बैंकले गुरुप्रसाद पौडेललाई आफ्नो नयाँ प्रवक्ता (Spokesperson) रूपमा नियुक्त गरेको छ। पौडेलको प्रवक्ताको रूपमा नियुक्ति मिति २०८२ साल कात्तिक १८ गतेदेखि लागू हुने गरी गरिएको बैंकले जनाएको छ।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) समेत रहेका पौडेल वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका थिए। उनले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतका महत्त्वपूर्ण विभागहरूमा कार्य अनुभव हासिल गरेका छन्।

हाल उनि मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन्। पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएसँगै, बैंकका आधिकारिक जानकारी र संचार व्यवस्थापनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया