NIMB Header 2
Nepal Life

जीवन बीमा कम्पनीहरुको तीन महिनामा ४९ अर्बभन्दा बढी बीमा शुल्क आर्जन, नेपाल लाइफ अग्रस्थानमा

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 06 05:04
जीवन बीमा कम्पनीहरुको तीन महिनामा ४९ अर्बभन्दा बढी बीमा शुल्क आर्जन, नेपाल लाइफ अग्रस्थानमा
National Life

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) को अवधिमा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८४ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यही अवधिमा बीमा कम्पनीहरुले ४१ अर्ब ८ करोड एक लाख रुपैयाँ संकलन गरेका थिए ।

NIMB

प्राधिकरणका तथ्याङ्कअनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रह्यो । कम्पनीले तीन महिनामा १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

त्यसपछि दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहँदै ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । तेस्रो स्थानमा रहेको एलआइसी नेपालले ४ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, र हिमालयन लाइफ इन्स्योरेन्सले ४ अर्ब ४३ करोड रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, एशियन लाइफले २ अर्ब ८८ करोड, सिटिजन लाइफले २ अर्ब १७ करोड, सानिमा रिलायन्सले १ अर्ब ८१ करोड, मेट लाइफले १ अर्ब ६६ करोड, आइएमई लाइफले १ अर्ब ५१ करोड, रिलायबल नेपालले १ अर्ब ४५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड र सन नेपालले ९५ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नविकरण बीमा शुल्कमा समेत दोहोरो अंकको वृद्धि

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.५५ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमाससम्ममा कम्पनीहरुले ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।

नेपाल लाइफ, नेशनल लाइफ र एलआइसी नेपाल नविकरण बीमा शुल्क संकलनमा अग्रस्थानमा रहेका छन् । नेपाल लाइफले तीन महिनामा १० अर्ब ७४ करोड रुपैयाँ, नेशनल लाइफले ४ अर्ब ३६ करोड, र एलआइसी नेपालले ४ अर्ब ३० करोड रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेका छन् ।

हिमालयन लाइफले ३ अर्ब ८८ करोड, एशियन लाइफले १ अर्ब ८१ करोड, सानिमा रिलायन्सले १ अर्ब ३७ करोड, मेट लाइफले १ अर्ब २८ करोड, आइएमई लाइफले १ अर्ब ९ करोड, प्रभु महालक्ष्मीले १ अर्ब ८ करोड र रिलायबल नेपालले १ अर्ब ४ करोड रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

उल्लेखनीय वृद्धि देखिएका कम्पनीहरु

समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क ३०१.७७ प्रतिशतले वृद्धि भएर ४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सिटिजन लाइफको नविकरण बीमा शुल्क २५.५५ प्रतिशतले बढेर १ अर्ब ५८ करोड, सूर्यज्योति लाइफको २१.९२ प्रतिशतले बढेर २ अर्ब २६ करोड र सन नेपाल लाइफको २१.५५ प्रतिशतले बढेर ७५ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

व्यवसाय वृद्धिको हिसाबले हेर्दा राष्ट्रिय जीवन बीमा कम्पनी २२२ प्रतिशतले अगाडि रहेको छ भने, आइएमई लाइफ इन्स्योरेन्सको व्यवसाय २४.८२ प्रतिशत, सिटिजन लाइफको २४.६८ प्रतिशत, रिलायबल नेपालको २०.५८ प्रतिशत, मेट लाइफको १५.४० प्रतिशत, सानिमा रिलायन्सको १५.३८ प्रतिशत र प्रभु महालक्ष्मीको १२.९३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल लाइफको व्यवसाय १२.२० प्रतिशतले बढेर १३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने नेशनल लाइफको १५.९० प्रतिशतले वृद्धि भई ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । एलआइसी नेपालको व्यवसाय पनि ८.९६ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड रुपैयाँमा पुगेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीहरुको समग्र व्यवसाय वृद्धिदर सन्तोषजनक देखिएको छ । बीमा बजारमा प्रतिस्पर्धा तीव्र हुँदै जाँदा कम्पनीहरुले नयाँ योजनासँगै नविकरण शुल्क संकलनमा समेत सुधार देखाएका छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया