NIMB Header 2
Nepal Life

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य % किस्ताको सुविधा सुरु

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jan 05 17:00
स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य % किस्ताको सुविधा सुरु
IME LIFE

काठमाडौं : के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि 0% किस्ताको सुविधा ल्याएको छ।

Nepal Life
NIMB

यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको छ। यसले गर्दा अब देशभरका परिवारहरूले राम्रा उपकरण सजिलै किन्न सक्नेछन्। यो सुविधा अनुसार ग्राहकहरूले आफूले रोजेका स्काईवोर्थ र लिभप्योरका उपकरणहरू १२ महिनासम्म बिना ब्याजको किस्तामा किन्न सक्छन्। यसले एकैपटक ठूलो रकम तिर्नु पर्ने बोझ हट्नेछ।

सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेस प्रा. लि. का तर्फबाट अमित बज्रचार्य (उपमहाप्रबन्धक), विवेक राठी (वरिष्ठ मार्केटिङ अधिकृत), र अमित ठाकुर (सहायक वित्त प्रबन्धक) र जगदम्बा हायर पर्चेज लि. का तर्फबाट पल्लव श्रेष्ठ (व्यापार इकाई प्रमुख) ले हस्ताक्षर गरेका छन्।

यस सम्बन्धमा स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले भने "जगदम्बा हायर पर्चेजसँगको यो साझेदारी देशभरका ग्राहकहरूलाई थप सुविधा दिने हाम्रो लक्ष्यमा महत्वपूर्ण कदम हो। हामी विश्वास गर्छौं कि हरेक परिवारले राम्रा उपकरण प्रयोग गर्न पाउनुपर्छ, र यो 0% किस्ताको सुविधाले त्यो सम्भव बनाउँछ।"

यो योजनाले ग्राहकहरूका लागि सुविधा र किफायती मूल्यमा सामान उपलब्ध गराउने स्मार्ट एप्लायन्सेजको प्रतिबद्धता देखाउँछ। एकैपटक ठूलो रकम तिर्नु नपर्ने यस सुविधाले धेरै नेपाली परिवारहरूले स्काईवर्थ र लिभप्योरका गुणस्तरीय र भरपर्दो उपकरणहरू प्रयोग गर्न सक्नेछन्। यसले नेपालको घरेलु उपकरण क्षेत्रमा ग्राहक सुविधाको नयाँ स्तर कायम गर्नेछ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया