NIMB Header 2
Nepal Life

काम गर्ने मान्छेलाई नीति बनाउने ठाउँमा पुर्‍याउने अभियान : स्याङ्जा–१ मा भरत राज ढकाल

National Life
  • BFIS News
  • 2026 Jan 31 18:31
काम गर्ने मान्छेलाई नीति बनाउने ठाउँमा पुर्‍याउने अभियान : स्याङ्जा–१ मा भरत राज ढकाल
Sanima Reliance

काठमाडौं। मुलुक चुनावमय बनेको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सबै उम्मेदवार मत माग्दै नेपाली जनताको घरदैलोमा व्यस्त छन्। आ–आफ्ना योजना, एजेन्डा र भिजन प्रस्तुत गर्ने क्रमसँगै जनताको आवाज सुन्ने प्रयास पनि तीव्र बनेको छ। यही सन्दर्भमा व्यावसायिक जीवनबाट सिधै राजनीतिक यात्रामा होमिएका भरत राज ढकाल स्याङ्जा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

Shikhar
NIMB

सबैभन्दा पुरानो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसले बैंक, वित्तीय संस्था तथा कृषि क्षेत्रमा लामो समय काम गरेका अनुभवी र विज्ञ ढकाललाई उम्मेदवार बनाउनु आफैंमा पार्टीको परिवर्तनको संकेतका रूपमा हेरिएको छ। केवल परम्परागत राजनीतिक पृष्ठभूमिबाट मात्रै उम्मेदवार चयन गर्ने अभ्यासलाई तोड्दै कांग्रेसले लिएको यो कदम स्याङ्जा–१ मात्र नभई समग्र देशको कृषि र उत्पादनमुखी अर्थतन्त्रका लागि आशाको रूपमा लिइँदैछ।

ढकाल भाषणका भरमा होइन, वर्षौँको अनुभवका आधारमा बोल्छन्। कृषि क्षेत्रको भुइँतहमा काम गरिसकेकाले उनी नेपालमा कृषि सम्बन्धी रहेका करिब २० वटा ऐन र ३२ वटा नीतिले किसानलाई सहयोगभन्दा बढी जटिलतामा पारेको यथार्थ राम्ररी बुझ्छन्। उनका अनुसार बाटो, बिजुलीजस्ता पूर्वाधार पुगेका ठाउँमा अब त्यसलाई उत्पादन, प्रशोधन र उद्योगसँग जोड्नु आजको आवश्यकता हो। “जब कसैलाई आफ्नो कार्यक्षेत्रको समस्या र समाधान दुवै थाहा हुन्छ, तब मात्र नीतिगत सुधार सम्भव हुन्छ,” उनी भन्छन्। यही पेशागत स्पष्टता र दक्षता नै उनीप्रतिको विश्वासको बलियो आधार बनेको छ।

राजनीतिमा व्यवसायिक र विज्ञ व्यक्तित्व किन आवश्यक?

परम्परागत राजनीतिले लामो समयदेखि सत्ता केन्द्रित घुम्ती काटिरहँदा भरत राज ढकालजस्ता ‘आउटसाइडर’हरूको आगमनले राजनीतिमा परिणाम देखिने काम हुने अपेक्षा बढाएको छ। उनीसँग राजनीति गर्ने दाउपेचभन्दा पनि देश बनाउने प्राविधिक रोडम्याप छ। जनता अब आश्वासनबाट थाकिसकेका छन्। उनीहरूलाई खेत, कारखाना र रोजगारीको भाषा बुझ्ने नेतृत्व चाहिएको छ।

जेन जी’ आन्दोलन र बदलिँदो चाहना

भदौ २३ र २४ गते भएका घटनापछि नेपाली राजनीतिमा नयाँ खालको हलचल देखिएको छ। युवापुस्ता, अर्थात् ‘जेन जी’, अब पुराना भाषण र गफ सुन्न तयार छैन। उनीहरू खाडी मुलुक जान बाध्य नहुने वातावरण, प्रविधि र उत्पादनमा आधारित रोजगारी खोजिरहेका छन्। ढकालको भिजनले यही युवा असन्तुष्टिलाई समाधानतर्फ मोड्ने बाटो देखाउने समर्थकहरूको विश्वास छ। “हाम्रो पूर्वाधारलाई अब रोजगारी सिर्जना गर्ने औजार बनाउनुपर्छ,” उनको भनाइ छ।

ढकालको उम्मेदवारी केवल एउटा पदका लागि मात्र नभई “काम गर्ने मान्छेलाई नीति बनाउने ठाउँमा पुर्‍याउने” अभियानका रूपमा प्रस्तुत भइरहेको छ। पेशा बुझेको मान्छेले जब राजनीति बुझ्छ, तब मात्र वास्तविक परिवर्तन सम्भव हुने उनको धारणा छ।

चुनावी घरदैलोका क्रममा ढकालले भनेका छन्, “अहिले हामी बोल्नेभन्दा पनि गर्ने कुरा बढी चाहिन्छ। नेपाली कांग्रेसले मलाई जुन विश्वासका साथ उम्मेदवार बनाएको छ, त्यो विश्वासलाई हामी सबै मिलेर भरोसामा परिणत गर्नेछौं भन्नेमा म विश्वस्त छु।”

उनले नेपाली कांग्रेसको लामो इतिहास स्मरण गर्दै संविधान लेखनदेखि सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्ने कामसम्म पार्टीले नेतृत्व गरेको उल्लेख गरे। साथै भदौ २३ र २४ का अप्रत्याशित र दुःखद घटनाले सुशासन, पारदर्शिता र जवाफदेहिताको गम्भीर सन्देश दिएको उनको भनाइ छ।

“राजनीतिक परिवर्तन त भए, तर आर्थिक परिवर्तनलाई हामीले पर्याप्त आत्मसात् गर्न सकेनौं,” ढकाल भन्छन्, “युवाहरूले यहीँ रोजगारी र समृद्धि पाउँछन् भन्ने सपना पूरा हुन नसक्दा विदेश पलायन बढ्यो।” विदेशमा पुगेपछि युवाहरूले देखेको तुलना, सामाजिक सञ्जालमार्फत उठाएको प्रश्न र पछिल्लो असन्तुष्टिले अब परिणाम दिने राजनीति आवश्यक भएको उनी बताउँछन्।

करिब २०–२५ वर्षको व्यावसायिक अनुभव र २०४७ सालदेखि विद्यार्थी राजनीतिमा संलग्न हुँदै ६२–६३ को आन्दोलनमा स्याङ्जा पुतलीबजारबाट नेतृत्वदायी भूमिका खेलेका ढकाल आफू अनुभूति र अनुभव दुवैका आधारमा अघि बढ्न चाहन्छन्। स्याङ्जा–१ मा उनको उम्मेदवारीलाई धेरैले परिवर्तनको संकेत, युवाका लागि आशा र उत्पादनमुखी अर्थतन्त्रतर्फको सम्भावित मोडका रूपमा हेर्न थालेका छन्।

समृद्धि, सुशासन र ‘नेपाल फर्क अभियान’को प्रतिबद्धता

ढकालले समृद्धि, सुशासन र वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्काएर रोजगारी सिर्जना गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। स्याङ्जामा आयोजित भेटघाट तथा सम्बोधन कार्यक्रममा बोल्दै उनले आफ्नो विगतको अनुभव, ज्ञान र सीप जनताको सेवामा लगाउने बताए।

ढकालले आफू केही समयअघि नेपाली कांग्रेसको केन्द्रीय विभागको सदस्यका रूपमा काम गरेको र विभिन्न सामाजिक संस्थामा संलग्न हुँदै आएको उल्लेख गर्दै अब जनप्रतिनिधिका रूपमा ती अनुभव प्रयोग गर्ने बताए। “नेपाली कांग्रेसको उम्मेदवार र जनप्रतिनिधि भएर यहाँका जनतासँग सँगै हिँड्दै समृद्धि ल्याउने मेरो उद्देश्य हो,” उनले भने।

उनले नेपाली कांग्रेसको लोकतन्त्र र जनअधिकारका लागि गरेको ऐतिहासिक योगदानलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए। “हामी कहिल्यै जनताको हक–अधिकारको खण्डन गर्ने काम गर्दैनौं,” भन्दै उनले विकास निर्माण र पूर्वाधारका क्षेत्रमा पनि थप योगदान गर्ने बताए।

कार्यक्रममा ढकालले वैदेशिक रोजगारका कारण गाउँ रित्तिँदै गएको, खेतीयोग्य जमिन बाँझो रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले नेपाली कांग्रेसको सरकार बनेपछि ‘नेपाल फर्क अभियान’ सञ्चालन गरी विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारे। यसले उत्पादन बढाउने, गाउँमा हरियाली ल्याउने र विखण्डित परिवारलाई पुनः एकताबद्ध बनाउने उनको भनाइ थियो।

सुशासनका विषयमा बोल्दै उनले आफू बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) भएर काम गरिसकेको अनुभव सुनाए। “कर्पोरेट गभर्नेन्स र संस्थागत सुशासन के हो भन्ने मलाई थाहा छ,” उनले भने, “सुशासन भनेको जवाफदेही, पारदर्शी र कानुनसम्मत हुनु हो।” आफूले कहिल्यै भ्रष्टाचार नगर्ने र नपार्ने दाबी पनि उनले गरे।

ढकालले महिलाहरू र दलित समुदायको आर्थिक तथा सामाजिक विकासबिना दिगो परिवर्तन सम्भव नहुने धारणा राखे। ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाइने र युवालाई स्वदेशमै उद्योग, उत्पादन र रोजगारीसँग जोडिने उनले बताए।

नेपाली कांग्रेसले आफूलाई उम्मेदवारका रूपमा सिफारिस गर्नु जिल्ला कार्यसमिति स्याङ्जा र संसदीय बोर्डको सर्वसम्मत निर्णय भएको उल्लेख गर्दै ढकालले पार्टी एकीकृत रहेको र अब देशको आर्थिक रूपान्तरणको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।

“हामीसँग हावापानी, माटो, पानी, बजार र सक्षम युवा छन्,” उनले भने, “यी सम्भावनालाई सही रूपमा प्रयोग गर्न सके नेपालमा निराश हुनुपर्ने अवस्था रहँदैन।” भविष्यमा डाँडाकाँडा हरियाली हुने, उत्पादन र उद्योग विस्तार हुने र नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्ने दृष्टिकोण कांग्रेससँग रहेको उनको दाबी थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया