एशियन लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्दै
- BFIS News
- 2026 Feb 06 10:50
काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको देखिए पनि प्रतिशेयर आम्दानी भने घटेको छ।
पुस मसान्तसम्म कम्पनीले २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २५ करोड ३ लाख रुपैयाँको तुलनामा ५.३० प्रतिशतले बढी हो।
समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशतले वृद्धि भएको छ। यसै अवधिमा खुद दाबी भुक्तानी पनि ७.७२ प्रतिशतले बढेको विवरणमा उल्लेख छ। कम्पनीको कुल आम्दानी ७.३४ प्रतिशतले बढ्दा कुल खर्च ८.४० प्रतिशतले वृद्धि भएको छ।
नाफा वृद्धि भए पनि प्रतिशेयर आम्दानी भने घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसाले घटेर १० रुपैयाँ ५४ पैसामा सीमित भएको छ। चुक्ता पूँजीको अनुपातमा नाफा वृद्धि कम हुँदा प्रतिशेयर आम्दानीमा दबाब परेको हो।
वित्तीय विवरण अनुसार कम्पनीको मूल्य–आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा कायम भएको छ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब ११ लाख रुपैयाँ रहेको छ। त्यस्तै शेयर प्रिमियम खातामा १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३१ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९१ करोड ९० लाख रुपैयाँ तथा अन्य इक्विटी शीर्षकमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)
.jpg)






प्रतिक्रिया