Nepal Life

नविल इन्भेस्टमेन्ट १६औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम

NMB Bank
  • BFIS News
  • 2026 Feb 06 13:59
नविल इन्भेस्टमेन्ट १६औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम
National Life

काठमाडौं । नविल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो स्थापना भएको १५ वर्ष पूरा गर्दै १६औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नक्सालस्थित नारायणचौर प्रांगणमा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

Shikhar
NIMB

संस्था २०६६ साल माघ महिनामा स्थापना भएको हो। स्थापनापछि कम्पनीले नेपालमा पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा विभिन्न सेवामार्फत काम गर्दै आएको जानकारी दिएको छ। संस्थाका अनुसार व्यवसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवामार्फत संस्थागत विश्वास कायम गर्ने प्रयास निरन्तर जारी छ।

कम्पनीले मर्चेन्ट बैंकिङ्ग अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धन, डिपी सेवा, शेयर रजिष्ट्रार सेवा र शेयर प्रत्याभूति सेवा प्रदान गर्दै आएको छ। यस्तै लगानी व्यवस्थापन, सामूहिक लगानी कोष र संस्थागत परामर्श सेवा पनि सञ्चालनमा छन्।

संस्थागत परामर्श सेवा अन्तर्गत संरचना पुनर्गठन, कम्पनी मूल्यांकन, व्यवसायिक योजना निर्माण, ऋण सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्विजिसन र लगानी परामर्शसम्बन्धी सेवा उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ। साथै, विशिष्टिकृत लगानी कोष अन्तर्गत निजी इक्विटी फन्ड सञ्चालनको तयारी भइरहेको पनि उल्लेख गरिएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले प्रविधिमैत्री प्रणाली, जोखिम व्यवस्थापन र दिगो लगानी अभ्यासमार्फत पूँजी बजारको विकासमा योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया