NIMB Header 2
Nepal Life

लगानी बोर्डको १३औँ बैठक सम्पन्न, ढिलासुस्तीप्रति कडा असन्तुष्टि

NMB Bank
  • BFIS News
  • 2026 Apr 21 19:31
लगानी बोर्डको १३औँ बैठक सम्पन्न, ढिलासुस्तीप्रति कडा असन्तुष्टि
United Ajod

काठमाडौं । लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठक मङ्गलबार अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा बसेको बैठकमा स्वीकृत आयोजनाहरूको प्रगति, समस्या तथा सहजीकरणका विषयमा गहन छलफल गरिएको थियो।

Shikhar
Nepal Life
NIMB

बैठकमा अर्थमन्त्री वाग्लेले स्वीकृत आयोजनाहरूको सुस्त कार्यान्वयनप्रति कडा असन्तुष्टि व्यक्त गरे। उनले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये जम्मा २ वटा मात्रै निर्माण चरणमा प्रवेश गर्नु “लाजमर्दो अवस्था” भएको टिप्पणी गरे। “विदेशी लगानी स्वीकृत भएको यति लामो समयसम्म काम नै नगर्नु भनेको निर्मम समीक्षा गर्नुपर्ने अवस्था हो,” उनले भने।

उनले परियोजनामा विदेशी लगानी स्वीकृत भइसकेपछि पनि निर्माण अघि नबढ्नुको जिम्मेवारी स्पष्ट हुनुपर्ने बताउँदै दोषी पहिचान गर्नुपर्नेमा जोड दिए। “मान्छे भए मान्छे, कानुन भए कानुन फेर्नुपर्ने अवस्था आयो,” भन्दै उनले समस्या तत्काल पहिचान गरी समाधान गर्न निर्देशन दिए।

अर्थमन्त्री वाग्लेले आगामी १४औँ बैठकसम्म ठोस प्रगति देखिनुपर्ने चेतावनी दिए। “अबको बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम रूपमा सोचिन्छ,” उनले स्पष्ट पारे। साथै, लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय निरीह देखिनुले गलत सन्देश गएको उल्लेख गर्दै कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने बताए। केही “फेन्सी आयोजना”बारे पुनर्विचार गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

बैठकमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले पनि परियोजनाहरूको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरे। “देशको भविष्य बोकेका आयोजना र विकासका परियोजनाको हालत अत्यन्तै दयनीय देखियो,” उनले भने। उनले परियोजना अघि बढाउन अवरोध के-के छन् भन्ने विषय तत्काल सम्बोधन गर्नुपर्ने र जिम्मेवार निकाय तथा व्यक्तिको पहिचान गरी प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए।

यसैगरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बैठकमा बोर्डको कार्यक्षेत्र, अधिकार तथा स्वीकृत आयोजनाहरूको अवस्थाबारे विस्तृत जानकारी दिएका थिए। उनले अघिल्लो १२औँ बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि प्रष्ट पारे।

बैठकले लगानीका ठूला आयोजनाहरूमा देखिएका समस्या तत्काल समाधान गर्दै तीव्र गतिमा कार्यान्वयन अघि बढाउने आवश्यकतामा जोड दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया