Nepal Life

निर्वाचन आयोगको तीन दिन सार्वजनिक बिदा सिफारिस, मतदाता सहभागिता बढाउने लक्ष्य

NMB Bank
  • BFIS News
  • 2026 Feb 23 15:28
निर्वाचन आयोगको तीन दिन सार्वजनिक बिदा सिफारिस, मतदाता सहभागिता बढाउने लक्ष्य
National Life

काठमाडौँ, फागुन ११  गते । निर्वाचन आयोग ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

Shikhar
NIMB

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको हो ।

गोरखापत्र संस्थान ले आयोजना गरेको निर्वाचन अभिमुखीकरण कार्यक्रममा बोल्दै सहसचिव भट्टराईले मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाँले यस कदमले निर्वाचनमा मतदाताको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फागुन १८ गते सोमबार पहाडी जिल्लामा र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ । तीन दिन सार्वजनिक बिदा दिइएमा विभिन्न पेसा तथा व्यवसायका कारण मतदाता नामावली भएको स्थानभन्दा टाढा रहेका मतदातालाई मतदान स्थलसम्म पुग्न सहज हुने आयोगको अपेक्षा छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया