Nepal Life

एनआरएन आइसिसी केन्द्रिय उपाध्यक्ष पदका उम्मेद्धार बस्नेतको अपिल, 'एक पटकको नेपाली सधैंको नेपाली'

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sat 13:50
एनआरएन आइसिसी केन्द्रिय उपाध्यक्ष पदका  उम्मेद्धार बस्नेतको अपिल, 'एक पटकको नेपाली सधैंको नेपाली'
Sanima Reliance

काठमाडौैं । आगामी अक्टोबर १७ देखि २० तारिखमा काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको ११ औं केन्द्रिय महाधिवेशनमा केन्द्रिय उपाघ्यक्ष पदको लागि उम्मेद्धार घोषणा गरेका अभिमान सिंह बस्नेतले १० बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।

NIMB

अभिमान सिंह बस्नेतको अपिल

आदरणय गैर आवासिय नेपाली संघ (एन.आर.एन.ए.) का अग्रज, दाजुभाई दिदीबहिनी ईस्टमित्रहरुमा म अष्ट्रेलिया निवासी अभिमान सिंह बस्नेतको तर्फबाट हार्दिक अभिवादन तथा नमस्कार!

म सन् २००८ देखि अष्ट्रेलियाको ब्रिजबेन शहरमा बसोबास गरिरहेको छु । सन् २०१५ -२०१७ को कार्यकालको लागि एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष र कुईन्स्ल्याण्ड राज्य संयोजक भएर काम गरेको छु । त्यसयता निरन्तर रुपमा म नेपाली डायस्पोराको अष्ट्रेलियाली समाजमा सक्रिय छु र यसअघि नेपाल रहँदा देखि नै सामाजिक सरोकारका काममा आफ्नो क्षमता र दक्षताले भ्याएसम्म योगदन दिदै आईरहेको छु । अहिले (२०२१-२०२३ ) मा एन आर एन को केन्द्रीय सचिव पदमा रहेर काम गरिरहेको छु।

आगामी २०२३ अक्टोबर १७ देखि २० तारिख मा काठमान्डौमा हुने गैरआबासीय नेपाली संघको ११ औं केन्द्रिय महाधिवेशनमा म केन्द्रिय उपाघ्यक्ष पदको आकांक्षी रहेको कुरा यहाँहरु सबैमा जानकारी गराउन पाउँदा खुशी लागेको छ।

मैले एन.आर.एन अभियानलाई हाम्रो अधिकार, जिबनशैली र जिम्मेवारीको अभियानको रुपमा लिएको छु। हामीले दोहोरो नागरिकता पाउँदै गर्दा हामी जन्मेको राष्ट्रप्रतिको जिम्मेवारी पनि निर्वाह गर्न सक्नु पर्छ भन्ने मैले राम्रोसंग बुझेको छु। सायद हामी पछीको वा हाम्रा छोराछोरी, नातीनातिनाको पिँढीले पनि आफ्ना बाबु आमा र पूर्खाको ईतिहास र बिरासतलाई कुनै न कुनै ढंगले सम्झने वा नेपाललाई कुनै न कुनै तबरले योगदान पुर्याउलान भन्नेमा आशा गर्न सकिन्छ।

हामी नेपालीहरुको विदेशमा बसाई सर्ने ईतिहास खासै लामो छैन, तर यो प्रवासी जिबन हाम्रो लागि नौलो र नयाँ भने होइन । धेरैले यो छोटो समयमा उल्लेख्य प्रगति गरेका छन । जिबन र जगतको अनुभब बटुलेका छन, सफल भएका छन, ब्यवसायिक भएका छन् र नाम कमाएका छन। अहिलेको अबस्थासम्म आइपुग्दा सफल बैज्ञानिक, बिज्ञ, ब्यबसायी, मार्गदर्शक, समाजसेबी, राजनीतिक एबम अनेकौं पेशाकर्मीको पहिचान बोकेर विश्वभरका नेपालीहरुले जताततै दह्रो उपस्थिति बनाएका छन । हामीले त्यसमा गर्व गर्न सक्नुपर्छ ।

कर्मभूमिमा सिकेको ज्ञान र शिप अनि समृद्धिलाई मातृभूमीको उत्थान र बिकासमा लगाउने जिम्मेवारी पनि अहिले सम्पूर्ण एनआरएनहरुले महसुस गरेका छौं होला भन्ने बिश्वास मलाई छ । हामी नेपाल आमाको मुहारमा चमक ल्याउन अनि नेपाल र नेपालीको समुन्नतीको लागि आगामी दिनमा यो अभियान मार्फत अझै धेरै काम गर्न सक्नेछौं र यसमा जुट्न चाहिने तागत र प्रतिबद्दता जुटाउन कुनै कसर बाँकी राख्ने छैनौ।

हामीले सिकेको ज्ञान,शिप अनि आर्थिक लगानीको सुरक्षामा आइपर्ने कानुनी अड्चनको कुरो कसरी समाधान हुन्छ भन्नेमा आम एनआरएनहरुले चिन्ता ब्यक्त गर्ने गरेका छन् । हामीले विदेशमा कमाएको पैसा नेपालमा लगानी गर्दा आफ्नो लगानी तथा नाफा फिर्ता गर्ने निश्चित कानुन नभएको ले धेरै एनआरएन लगानीकर्ताहरु अन्योलमा रहेको हामी सबैले अनुभव गरेको कुरा हो । जसले गर्दा ४० लाख नेपालीको उत्साह, मेहनत र पसिनाको कमाइले नेपालको बिकासमा कसरी लागानी बढाउने भन्ने अन्यौलता हटाउनु अहिलेको आवश्यकता हो ।

एनआरएन र नेपाल सरकारको सहमतिमा एनआरएन कार्ड लागु भएको १० बर्ष भयो । हालै एनआरएन नागरिकता संसद र सम्माननीय राष्ट्रपतिज्यु अनि मन्त्रिपरिषदबाट पास भएर कार्यन्वयनमा आउने क्रममा छ । तर हामीले खोजेको दोश्रो दर्जाको नागरिकता हैन हाम्रो आफ्नै वशंजको नागरिकताको निरन्तरता हो । जसको लागि हामीले अझै नेपाल सरकारसंग सहकार्य गर्नु छ।

एनआरएन आइसिसीको दशौ महाधिबेसन प्रतिनिधी विवाद पनि संस्था विभाजनको एक कारण बन्यो । एनआरएन अभियान सुरु भएको २० बर्ष पुरा भएको छ । यस अभियानमा १० औं हजार अभियन्ताहरु जोडिनु भएको छ । तर प्रतिनिधी छनोट गर्न एनआरएन एनसिसी अनि एनआरएन आइसिसी दुबैलाई हम्मे हम्मे पर्ने गरेको तितो यथार्थ हो । प्रतिनिधीको संख्या तोक्ने विषय नै बिबादको प्रमुख कारण रहेको धेरैको बुझाई छ । सम्पूर्ण एनआरएन अग्रज, दाजुभाइ दिदिबहिनीसंग राय सल्लाह गरि सुधार गर्नु जरुरी छ ।

प्रसंग बदलौं, मलाई थाहा छ एनआरएनमा राजनीति गर्नु हुदैन र यस संस्थाभित्र हुन सक्ने अनाबश्यक दलिय राजनीतिको म आफै पनि बिरोधी हुँ । तर एनआरएन हाक्न दलिय राजनीति होईन संस्था चलाउन चाहिने ब्यबस्थापकिय राजनीति, बैचारिक बहसमा सबै राजनीतिक शक्तिलाई बुझाउन सक्ने तथा राजनीति बुझेको तथा पहुँच भएको नेतृत्वको पनि अहिले एकदमै आवश्यकता रहेको मेरो बुझाई छ ।

हामीले नेपाली नागरिकताको निरन्तरता, लगानी र सम्पतीको सुरक्षाको लागि राजनैतिक नेतृत्वसम्म हाम्रो आवाज पुर्याउन सक्ने नेतृत्व चाहिएको मैले पनि महसुस गरेको छु । एनआरएनहरुको पनि आफ्नै मौलिक राजनीति हुनुपर्छ । जसले सकारात्मक सोच र पहल निर्माणको लागि चाहिने राजनीति गर्न सघाउने छ ।

एनआरएनको आगामी कार्यकालको लागि म निर्वाचित भएँ भने निम्न कुराहरुलाई प्राथमिकता साथ कार्यान्वयन गर्न नेतृत्व टिममा रहेर काम गर्ने छु ।

१) एक पटकको नेपाली सधैंको नेपाली, हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन ।

२) पर्यटन प्रवर्द्दन गर्न एनआरएनहरुको प्रत्यक्ष सहभागिताका लागि जुट्ने ।

३)Ancestry tourism लाइ प्राथमिकतामा राखेर योजना बनाउने ।

४) संसारभरीको NCC ले ICC लाई तिर्दै आएको US $ ५ सदस्यता लेभी घटाउन पहल गर्ने ।

५) ज्ञान र शिपको आदानप्रदानका लागि कार्यक्रम बनाएर ब्यवसायी, बौद्धिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने ।

६) बर्तमान समयमा ICC का अधिकांश कार्यलाई NCC ले सहयोग गर्दै आइरहेकोमा, आगामी दिनमा ICC ले NCC लाई पनि अझ बढी सहयोग गर्ने बाताबरण बनाउने, दोहोरो सहकार्यका लागि काम गर्ने ।

७) ICC र NCC को प्रत्यक्ष संवादको बाताबरण बनाउने ।

८) ICC को योजना अनि कार्यक्रमहरुलाई NCC सम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने ।

९) अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने ।

१०) बर्तमान समयमा देखिएको प्रतिनिधी छनोटको समस्या लाइ संख्या बढाएर दस हजारसम्म पुर्याउन पहल गर्ने।

माथि उल्लेखित योजनाहरुलाई मेरो एजेण्डाको रुपमा आगाडी ल्याएको छु । नेपाल पुगेपछी छलफल, परिस्थिती र भूमिका हेरेर यसलाई अझ परिस्कृत गर्ने छु । आगामी २ बर्ष मेरा एजेण्डाहरु मात्र होइन तपाईंहरूको सल्लाह र सुझाबलाई पनि समेटेर मैले क्षमताले भ्याएसम्म एनआरएनहरुले लिएको उद्देश्य र योजना कार्यान्वयन गर्न कटिबद्द रहने छु।

मलाई अहिले तपाईहरुको साथ र सहयोगको आवश्यकता परेको छ। मलाई आशा छ विश्वभरी छरिएर रहनु भएका एनआरएन अग्रज अनि दाजुभाई दिदिबहिनीहरुले मलाई यस अभियानमा पूर्ण सहयोग गर्नु नै हुनेछ। तपाईहरुको मार्गनिर्देशन, सल्लाह र सुझाबको अपेक्षा सहित !

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया