NIMB Header 2
Nepal Life

केपी शर्मा ओलीलाई अझै २४ घण्टा अस्पतालमै राखिने

IME LIFE
  • BFIS News
  • 2026 Mar 29 16:22
केपी शर्मा ओलीलाई अझै २४ घण्टा अस्पतालमै राखिने
United Ajod

काठमाडौँ, चैत १५ गते — पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली लाई आज पनि अस्पतालमै राखेर उपचार गरिने भएको छ।

 

Nepal Life
NIMB

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचाररत ओलीलाई २४ घण्टा चिकित्सकको निगरानीमा राख्ने निर्णय गरिएको अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईँले जानकारी दिएका छन्। स्वास्थ्यमा सुधारको अवस्था हेरेर भोलिसम्म थप निर्णय गरिने अस्पतालले जनाएको छ। हाल उहाँ अस्पतालको एनेक्स–१ भवनको बेड नं ५०१ मा उपचाररत हुनुहुन्छ।

अस्पतालका अनुसार मुटुको ढुकढुकी सम्बन्धी समस्या देखिएपछि चैत १४ गते उहाँलाई अस्पतालमा भर्ना गरिएको हो। मिर्गौला प्रत्यारोपणपछि हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म, एट्रियल फिब्रिलेसन तथा पित्तथैलीसम्बन्धी समस्याबाट पनि उहाँ पीडित रहेको अस्पतालले जनाएको छ।

पित्तथैलीमा पत्थरी देखिएकोले चिकित्सकको सल्लाहअनुसार थप उपचार प्रक्रिया अघि बढाइने बताइएको छ। जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि बालेन्द्र शाह नेतृत्वको सरकारले शनिबार उहाँलाई निवासबाट पक्राउ गरी केही समय जिल्ला अदालत काठमाडौँमा राखेर उपचारका लागि शिक्षण अस्पताल पठाएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया