NIMB Header 2
Nepal Life

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

IME LIFE
  • BFIS News
  • 2026 Apr 03 10:19
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित
United Ajod

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। हालै सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वीभन्दा उल्लेख्य मतान्तरसहित जित हासिल गरेका हुन्।

Nepal Life
NIMB

निर्वाचन समितिका अनुसार पाण्डेले ५१४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत ल्याएका थिए। यससँगै महासंघको नयाँ नेतृत्व औपचारिक रूपमा चयन भएको छ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन्। महासचिवमा भने पाण्डे इतर समूहका शिवहरी घिमिरे ५२७ मत ल्याउँदै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए।

अन्य पदहरूमा मंगल शाही नीतिगत उपमहासचिव र सन्तोष शाह आन्तरिक उपमहासचिवमा निर्वाचित भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम तथा सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ चयन भएका छन्। महिला उपाध्यक्ष पदमा गंगा पोखरेल निर्वाचित भएकी छन्।

निर्वाचन परिणामसँगै महासंघको नयाँ कार्यसमिति गठन भएको छ, जसले आगामी कार्यकालमा संस्थाको गतिविधि सञ्चालन गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया