व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा तल, अधिक तरलताले थप गिरावट
- BFIS News
- 2026 Apr 13 11:18
काठमाडौं । देशका वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर झन् घटाउँदै लगेका छन्। २०८३ साल बैशाख महिनाका लागि सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार १९ वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ।
अघिल्लो महिना अर्थात् चैतमा ४ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका थिए। तीमध्ये हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले बैशाखका लागि ब्याजदर घटाएपछि ५ प्रतिशत वा सोभन्दा माथि ब्याजदर दिने बैंकहरूको संख्या घटेको हो। यद्यपि एनएमबि बैंकले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ।
यस परिवर्तनसँगै समग्र बैंकिङ प्रणालीमा ब्याजदरको औषतमा पनि गिरावट आएको देखिएको छ। समीक्षा अवधिमा २० वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.०९४ प्रतिशतविन्दुले घटेको छ। चैत महिनामा ४.४९४ प्रतिशत रहेको यस्तो औषत ब्याजदर बैशाखमा झरेर ४.४ प्रतिशतमा पुगेको छ।
विशेषगरी ७ बैंकहरूले ब्याजदर घटाएपछि औषतमा गिरावट आएको हो। बैशाखका लागि स्ट्रयाण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन्।
यस्तै, संस्थागत मुद्दति निक्षेपतर्फ पनि ब्याजदरमा गिरावट देखिएको छ। चैत महिनामा ३.२९२५ प्रतिशत रहेको अधिकतम औषत ब्याजदर बैशाखका लागि घटेर ३.२२९५ प्रतिशतमा पुगेको छ, जुन ०.०६३ प्रतिशतविन्दुको गिरावट हो।
ब्याजदर घट्दै जाँदा बचतकर्ताहरूको आम्दानीमा असर पर्ने देखिन्छ भने बैंकहरूबीच ऋण प्रवाहलाई प्रोत्साहन गर्ने प्रतिस्पर्धा बढ्ने विश्लेषण गरिएको छ।
कुन बैंकको अधिकतम ब्याजदर कति?

(बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार फरक–फरक दर कायम गरिएको छ, जसमा अधिकांश बैंकहरूको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल सीमित रहेको छ।)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया