NIMB Header 2
Nepal Life

ऊर्जा क्षेत्र सुधारका लागि चार विधेयक तयारीमा

IME LIFE
  • BFIS News
  • 2026 Apr 16 13:43
ऊर्जा क्षेत्र सुधारका लागि चार विधेयक तयारीमा
United Ajod

काठमाडौं । ऊर्जा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले नयाँ कानुनी संरचना तयार पार्ने प्रक्रिया अघि बढाएको छ।

Nepal Life
NIMB

यसअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित चारवटा विधेयक निर्माणको काम भइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय का अनुसार पुराना कानुनहरू परिमार्जन गर्दै नयाँ विधेयकहरूलाई प्राथमिकताका साथ अगाडि बढाइएको हो। यस प्रक्रियामा जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता, विद्युत्, र सिँचाइ विकास तथा व्यवस्थापनसम्बन्धी विधेयक समावेश छन्।

मन्त्रालयले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जनाएको छ भने अन्य विधेयकहरू निर्माणको चरणमा छन्।

सरकारले ऊर्जा तथा जलविद्युत् क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा लिँदै सोहीअनुसार कानुनी ढाँचा सुदृढ गर्ने तयारी गरेको मन्त्रालयको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया