NIMB Header 2
Nepal Life

नेपालले भारतसँग जिटुजीमार्फत १.५ लाख मेट्रिक टन मल खरिद गर्ने तयारी

IME LIFE
  • BFIS News
  • 2026 Apr 19 17:37
नेपालले भारतसँग जिटुजीमार्फत १.५ लाख मेट्रिक टन मल खरिद गर्ने तयारी
United Ajod

काठमाडौँ, वैशाख ६ गते । सरकारले छिमेकी मुलुक भारत सँग सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत १ लाख ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ ।

 

Shikhar
Nepal Life
NIMB

पश्चिम एसियाली क्षेत्रमा जारी द्वन्द्वका कारण मल आपूर्तिमा असहजता देखिएपछि आपूर्ति व्यवस्था सहज बनाउन यो प्रक्रिया अघि बढाइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरेको जनाएको छ ।

मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन अन्य मल खरिदका लागि प्रस्ताव पठाइएको हो । भारतीय पक्षबाट सकारात्मक प्रतिक्रिया आएको पनि उहाँले जानकारी दिनुभयो ।

हाल देशमा करिब १ लाख ७० हजार मेट्रिक टन मल मौज्दात रहेको र यसले असारसम्म आपूर्ति धान्न सक्ने अनुमान गरिएको छ । तर युद्ध लम्बिए आपूर्ति संकट गहिरिन सक्ने चेतावनी मन्त्रालयले दिएको छ ।

मल आयात हुने मुख्य स्रोत इन्डोनेसिया, ब्रुनाई, बहराइन, जोर्डन, मोरक्को र रुस जस्ता मुलुक हुन् । तर अन्तर्राष्ट्रिय ढुवानी भाडा र कच्चा तेलको मूल्य वृद्धि हुँदा मलको मूल्य समेत बढेको छ ।

मन्त्रालयका अनुसार युद्धका कारण उत्पादन र आपूर्ति प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य २५ देखि ३० प्रतिशतसम्म बढेको छ, जसको असर नेपालमा पनि परेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मल खरिदमा २० अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त गरिसकेको छ । सोही आधारमा कृषि सामग्री कम्पनी लिमिटेड ले ६० हजार मेट्रिक टन थप मल खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।

चालु आर्थिक वर्षमा ६ लाख मेट्रिक टन मल खरिदका लागि २८ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ भने वार्षिक करिब ७ लाख मेट्रिक टन मलको माग रहेको मन्त्रालयले जनाएको छ ।

हाल बजारमा युरिया प्रतिकेजी १५ रुपैयाँ, डिएपी ४४ रुपैयाँ र पोटास ३२ रुपैयाँमा बिक्री भइरहेको छ । अनुदानका कारण अन्तर्राष्ट्रिय मूल्य बढे पनि किसानले तुलनात्मक रूपमा सस्तोमा मल पाउँदै आएका छन् ।

मल अभावका कारण प्रत्येक वर्ष धान रोप्ने समयमा समस्या देखिने गरेको छ । त्यसैले मन्त्रालयले रासायनिक मलसँगै प्राङ्गारिक र जैविक मलको प्रयोग बढाउन जोड दिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया