नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा स्थगित, दिपक भट्टको नेक्ससले लगानीकर्ता तानिए
- BFIS News
- 2026 Apr 20 11:42
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित गरिएको छ। कम्पनीका वित्तीय व्यवस्थापक दिपक भट्ट तथा केही लगानीकर्तामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा परेपछि सभा स्थगन गरिएको हो।
कम्पनीका अनुसार तेस्रो वार्षिक साधारणसभा २०८३ साल वैशाख १० गते (२३ अप्रिल २०२६) का दिन चितवनको मिडटाउन होटल, भरतपुरमा बिहान ११ बजे बस्ने गरी पूर्वसूचना प्रकाशित गरिएको थियो। उक्त सूचना नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र न्यूज २४ राष्ट्रिय दैनिकमार्फत सार्वजनिक गरिएको थियो।
तर, कम्पनीले विशेष कारण भन्दै तोकिएको मितिमा सभा सञ्चालन गर्न नसकिने निष्कर्षसहित २०८३ वैशाख ४ गते बसेको सञ्चालक समितिको ५२औँ बैठकले पूर्वप्रकाशित सूचना रद्द गर्ने निर्णय गरेको जनाएको छ। सो निर्णयअनुसार २०८२ चैत २६ गतेको बुक क्लोज (खाता बन्द) र वैशाख १० गतेका लागि तय गरिएको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ। यससम्बन्धी सूचना सौर्य दैनिकमार्फत समेत प्रकाशन गरिएको छ। साधारणसभा स्थगित हुँदा शेयरधनीहरूमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ।
यसैबीच, दिपक भट्टसँग सम्बन्धित विभिन्न आर्थिक गतिविधि र बीमा क्षेत्रका लाइसेन्स प्रक्रियाबारे विभिन्न आरोपहरू सार्वजनिक भइरहेका छन्। भट्टले कानुन विपरित शक्तिको दुरुपयोग गर्दै माइक्रो इन्स्योरेन्स कम्पनीहरूको लाइसेन्स हुत्याएका थिए। जसमा केही उच्च पदस्थ व्यक्तिहरूसँगको सम्बन्ध सार्वजनिक भइरहेका छन्। गृहमन्त्री सुदन गुरुङ समेत भट्टको वित्तीय व्यवस्थापनको समुहमा मुछिएका छन्। उनको पनि माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमा लगानी भएको पाइए पछि उनको भट्ट सँगको सम्बन्ध बाहिरिएको हो। यसले गृहमन्त्री तथा अहिलेको सरकारलाई नैतिक प्रश्न खडा गरिदिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया