NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको क्षमता बृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Apr 21 19:12
प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको क्षमता बृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको क्षमता बृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको नारायणगढमा बैशाख ६, ७ र ८ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । 

Shikhar
Nepal Life
NIMB

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले व्यवसायीक जीवनमा सफल अभिकर्ताहरुलाई अझ प्रखर बनाउन यस किसिमका क्षमता अभिबृद्धि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । मनोरञ्जनले जीवनका लागि उर्जाका रुपमा काम गर्दछ, त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ज्ञान र मनोरञ्जनलाई सँगसँगै लादै आएको छ, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले थपे । 

कम्पनीमा आवद्ध एक सय पचास जना भन्दा बढि अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा अन्तराष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजा ज्यूको बीमा विक्री कला र व्यवसायीक क्षमता अभिबृद्धि सेसन रहेको थियो । व्यवहारी बिक्री कला सेसनले कार्यक्रमलाई थप उर्जा तथा हौसला प्रदान गरेको थियो । 

कार्यक्रमको अर्को आकर्षण प्रसिद्ध कलाकार त्रय चक्र दवाडी, सुबोध गौतम र सिता न्यौपानेको प्रस्तुती रहेको थियो । कलाकार त्रयले अभिकर्ता लिडरहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया