गृहमन्त्री सुदन गुरुङको राजीनामा, प्रधानमन्त्रीले नै सम्हाल्ने भए गृह मन्त्रालय
- आयुस बस्नेत
- 2026 Apr 22 15:35
काठमाडौँ, वैशाख ९ — गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले पछिल्लो समय आफ्ना शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पद त्याग गर्नुभएको हो।
उहाँले आफ्नो राजीनामा प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गर्नुभएको जानकारी प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईले दिएका छन्। हालका लागि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्ने जनाइएको छ।
राजीनामाबारे स्पष्ट पार्दै गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको उल्लेख गर्नुभयो। सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेनजी’ आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उहाँको भनाइ छ। सरकार गठनका क्रममा भएका बलिदानको सम्मान गर्दै उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिनु आफ्नो नैतिक कर्तव्य भएको उहाँले बताउनुभयो।
आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँले प्रष्ट पार्नुभयो। साथै, उहाँले नैतिक जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै परिवर्तनका लागि सबै पक्ष सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
राजीनामापछि सञ्चारकर्मी र आम नागरिकलाई सम्बोधन गर्दै गुरुङले केही मिडियाकर्मीहरूको शेयर लगानीसम्बन्धी विषय पनि क्रमशः सार्वजनिक हुन सक्ने संकेत गर्नुभयो। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने उल्लेख गर्दै उहाँले पदबाहिर रहेर छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया