NIMB Header 2
Nepal Life

निर्जीवन बीमा व्यवसाय १४.४८ प्रतिशतले बढ्यो, शिखर सर्वाधिक अगाडी सगरमाथा पछ्याउदै

IME LIFE
  • BFIS News
  • 2026 Apr 22 16:55
निर्जीवन बीमा व्यवसाय १४.४८ प्रतिशतले बढ्यो, शिखर सर्वाधिक अगाडी सगरमाथा पछ्याउदै
United Ajod

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा निर्जीवन बीमा व्यवसायमा उल्लेखनीय वृद्धि देखिएको छ। यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल ३७ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.४८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ३२ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।

Nepal Life
NIMB

चैत महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। सोही अवधिमा ४ लाख १६ हजार ६०४ वटा बीमा पोलिसी जारी गरिएको छ, जसले बीमा क्षेत्रप्रति नागरिकको आकर्षण बढ्दो रहेको संकेत गर्दछ।

कम्पनीगत प्रदर्शनतर्फ हेर्दा शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक बीमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले चैत मसान्तसम्म ४ अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ, जसले ३ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेको छ। तेस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी ३ अर्ब १२ करोड रुपैयाँसहित चौथो स्थानमा रहेको छ भने आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी ३ अर्ब १० करोड रुपैयाँ आर्जन गर्दै पाँचौं स्थानमा रहेको छ।

लघु निर्जीवन बीमा कम्पनीतर्फ भने नेशनल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीले ९८ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २७ करोड ८२ लाख, नेपाल माइक्रो इन्स्योरेन्सले २४ करोड ८९ लाख, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २३ करोड तथा ट्रष्ट माइक्रो इन्स्योरेन्सले २२ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

समग्रमा, निर्जीवन बीमा क्षेत्रमा देखिएको यो वृद्धि आर्थिक गतिविधि विस्तार, जोखिमप्रति बढ्दो सचेतना तथा बीमा पहुँच विस्तारको सकारात्मक संकेतको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया