भक्तपुरमा ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस एक्स्पो’ हुने
- BFIS News
- 2026 Apr 28 21:03
भक्तपुर, वैशाख १५ — भक्तपुरमा आगामी जेठ १३ र १४ गते हाटबजारसहित ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ। गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा सञ्चालन हुने उक्त एक्स्पो अन्तर्राष्ट्रिय स्तरको रहने आयोजक युथ इको नेपालले जनाएको छ।
पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलले एक्स्पोमा भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष उपस्थिति तथा प्रशिक्षण रहने जानकारी दिनुभयो। साथै, म्याक अब्राहेम, रोहित तिवारी तथा नेपालका कलाकार चिरागको समेत सहभागिता रहने बताइएको छ।
कार्यक्रमअन्तर्गत करिब १०० वटा स्टलसहित हाटबजार सञ्चालन गरिनेछ। जर्मन होम्स हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत राजन कार्कीका अनुसार एक्स्पोले सौन्दर्य कला, साजसज्जा तथा भक्तपुरको मौलिक पहिचान प्रवर्द्धनमा टेवा पुर्याउनेछ।
संस्थाका संरक्षक नरेश रन्जितले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सौन्दर्यकर्मीहरूबाट सञ्चालन हुने प्रशिक्षण तथा प्रयोगात्मक कक्षाले सहभागीहरूको सीप र आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
सौन्दर्य तथा साजसज्जा क्षेत्रमा कार्यरत पेशाकर्मी, व्यवसायी, कलाकार तथा इच्छुक व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको एक्स्पोमा करिब २ हजार जनाले दुई दिने कार्यशालामा प्रत्यक्ष सहभागिता जनाउने आयोजकको भनाइ छ। प्रदर्शनी अवलोकनका लागि करिब १० हजार दर्शक आउने अपेक्षा गरिएको छ।
सहभागिताका लागि खल्ती एपमार्फत अग्रिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)
.jpg)





प्रतिक्रिया