NIMB Header 2
Nepal Life

सुनचाँदीको मूल्यमा गिरावट, बुधबार पनि घट्यो दर

IME LIFE
  • BFIS News
  • 2026 Apr 29 12:02
सुनचाँदीको मूल्यमा गिरावट, बुधबार पनि घट्यो दर
United Ajod

काठमाडौँ ।  नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रम बुधबार पनि कायम रहेको छ।

Shikhar
Nepal Life
NIMB

पछिल्ला केही दिनदेखि निरन्तर ओरालो लागेको मूल्य यस दिन पनि थप घटेको देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बैशाख १६ गते सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट्दै २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले ओरालो लाग्दै ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो।

हाल बजारमा सुनचाँदीको मूल्य क्रमिक रूपमा घट्दै गएको तथ्याङ्कले देखाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया